भोटेनाम्लाङको ठुलो ढुङ्गामा बुद्धको मूर्ति निर्माण गर्न सम्झौता

पर्यटन बजार५ चैत्र २०७७, बिहीबार मा प्रकाशित

भोटेनाम्लाङको ठुलो ढुङ्गामा बुद्धको मूर्ति निर्माण गर्न सम्झौता

चैत ५, काठमाण्डौ। सिन्धुपाल्चोकको प्रमुख गन्तब्यको रुपमा चिनिने प्रसिद्ध तीर्थस्थल पाँचपोखरी यहि पाँचपोखरी थाङ्पाल गाउँपालिकामा पर्दछ। यो क्षेत्र जडीबुटीको भण्डारका रूपमा परिचित छ। भौगोलिक रूपमा विकट भए पनि धेरै पर्यटकीय सम्भावना बोकेको यस गाउँपालिकाको समृद्धिका लागि भएको पहलहरु गरिरहेको छ।

यसै क्रममा पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा न.७ भोटेनाम्लाङमा रहेको ठुलो ढुङ्गा (युङ्बाजोन)लाई ठुलो बुद्धको मूर्ति निर्माण गरी  पार्कको रूपमा विकास गर्नका लागि आज पाँचपोखरी थाङ्पाल गा.पा.,गुम्बा विकास समिति,र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान बिच सम्झौता भएको छ  ।

हिमालैहिमालले घेरिएको काठमाडाँैबाट नजीकै रहेको पाँचपोखरी गाउँपालिका पर्यटनको अत्यन्त सम्भावना र भण्डार भएको गाउँपालिका हो । यहाँका जनजीवनलाई पर्यटनसँग जोडेर कृषि, पशु, व्यवसायलाई आधुनिक हिसाबमा विकास गर्दै अगाडि बढाउने काम पनि भइरहेको छ ।

दोर्जे ल्हाक्पा हिमाल, प्रसिद्द धार्मिक पर्यटकिय स्थल पाँचपोखरी लगायत पर्यटकीय क्षेत्र यसै गाउँपालिकामा पर्दछ।

Facebook Comment

छुटाउनुभयो कि?