पहाडी क्षेत्रमा चट्याङसहित वर्षा हुने

पर्यटन बजार८ चैत्र २०७७, आईतवार मा प्रकाशित

पहाडी क्षेत्रमा चट्याङसहित वर्षा हुने

चैत ८,काठमाडौँ।मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका केही पहाडी भूभागमा वर्षा हुने सम्भावना रहेको छ । दिउँसोतिर केही ठाउँमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने महाशाखाले जनाएको छ ।स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावले मौसम बदलिएको हो ।

राति पनि प्रदेश १ को पहाडी क्षेत्रमा हल्का वर्षा हुने अनुमान गरिएको छ । पहाडी क्षेत्रमा चट्याङ पर्ने र हावा हुरीको आउने सम्भावना रहेकोले सतर्क रहनसमेत महाशाखाले सचेत गराएको छ ।

Facebook Comment

छुटाउनुभयो कि?