सुरू भयो होली, बसन्तपुरमा चीर ठड्याइयो (फोटो फिचर)

पर्यटन बजार८ चैत्र २०७७, आईतवार मा प्रकाशित

सुरू भयो होली, बसन्तपुरमा चीर ठड्याइयो (फोटो फिचर)

चैत ८,काठमाडौँ। काठमाडाैंको हनुमानढोकास्थित बसन्तपुरमा होलीको चीर ठड्याइएको छ ।वसन्तपुरस्थित गद्दी बैठकको दक्षिणतर्फ बिहान साढे ८ बजेतिर तीन छत्रे होलीको चीर ठड्याइएको हो ।

होलीको चीर ठड्याइँएसँगै आज आइतबारदेखि देशभर विधिवतरुपमा होली अर्थात फागु पर्व सुरुआत भएको छ.।

चन्द्रमास अन्तर्गत् फाल्गुन महिनाको पूर्णिमाको दिन मनाइने होली पहाडमा चैत १५ गते र तराई भेगमा चैत १६ गते मनाइँदैछ ।होलीमा सरकारले सार्वजनिक विदा समेत दिने गरेको छ ।

Facebook Comment

छुटाउनुभयो कि?