आधुनिक दासता विरुद्धका सवालमा शक्ति समुह र संचारकर्मीहरुबिच अन्तरक्रिया

पर्यटन बजार९ चैत्र २०७७, सोमबार मा प्रकाशित

आधुनिक दासता विरुद्धका सवालमा शक्ति समुह र संचारकर्मीहरुबिच अन्तरक्रिया

चैत ९, काठमाण्डौ। आधुनिक दासता विरुद्धका सवालमा शक्ति समुहको संचारकर्मीहरु संगको अन्तरक्रिया आज सम्पन्न भएको छ। काठमाण्डौ अनामनगरमा रहेको युनियन हाउसमा भएको अन्तरक्रिया कार्यक्रममा छापा ,प्रसारण र अनलाइन संचार मध्यममा कार्यरत करिव ३० जना संचारकर्मीहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा आधुनिक दासता र यसका विभिन्न आयामहरुका वारेमा संचारकर्मी पवित्रा गुरागाईले कसरी महिलाहरु यौन दुर्ब्यबहार देखि संसारका कुना कुनामा बेचिने गरेका छन्, र त्यसलाई खबरदारी गर्न मिडियाले आफ्नो तर्फबाट थोरै आवाज उठाएको हो कि अथवा अझै धेरै जनाचेतनामुलक कार्यमा यहि बिषयलाइ केन्द्रित गरेर नलेख्दा र लेख्ने कुनै पनि पत्रिकाहरु नहुदा पनि यस क्षेत्रमा धेरै चेलीहरुले अझै पनि बेचीईरहेको छन् भन्ने बारे प्रस्तुतीकरण दिएकी थिइन् भने खुल्ला छलफलको संयोजन नेपाल प्रेसका प्रधान सम्पादक तथा संस्थाका प्रेस सल्लाहाकार मात्रिका पौडेलले गरेका थिए।

छलफलमा मात्रिका पौडेलले आफुले अहिले सम्म यो बिषयमा धेरै पटक आवाज उठाएको र बिभिन्न लेख मार्फत पनि खबरदारी गरेको बताए। उनका अनुसार कतिपय अवस्थामा बेचिएका चेलीहरुको उद्दार भएको र कतिपय अवस्थामा बेचिएका चेलीहरु आफै समाज र छि छि दुर दुरको डरले फर्किन नमान्नेकुरा समेत बताउनुभयो।

शक्ति समुहका कानुन तथा तालिम संयोजक दिलिप कोइरालाले कार्यक्रम माथि प्रकास पारेका थिए भने समुहका सल्लाहकार बरिस्ट पत्रकार टंक पन्तले नेपालमा मानव बेच बिखनको सवालमा संचार मध्यमले खेलेको भूमिका र योगदानको वारेमा चर्चा गरेका थिए। चेलीबेटी बेचबिखनको हब मानिने सिन्धुपाल्चोकमा पछिल्लो समय त्यहाँका स्थानीयहरुको जनचेतना देखेर छक्क परेको बताए। जसले गर्दा त्यहाँको मानब बेच बिखनमा धेरै कमि आएको बताए।

त्यस्तै अन्तरक्रिया कार्यक्रमको समापन गर्दै शक्ति समूहकी संस्थापक अध्यक्ष चरिमाया तामांगले आधुनिक दासता र मानव बेच बिखनका मुद्दाहरुलाई स्थापित गर्नका लागि संचार माध्यमको निकै ठुलो भूमिका रहेको धारणा राखेकी थिइन्। साथै आफुले ५३ सालमा रेस्क्युमा परेपछि संचारमाध्यम ले आफ्नो भरपुर साथ् दिएका कारण ५६ सालमा शक्ति समुहको स्थापना गर्न सकेको बताइन।

र अझै सम्म पनि उनि आफै जस्ता पिडितहरुको उद्दारमा लागीरहेको बताइन। साथै पछिल्लो समय मानव बेच बिखनको स्वरूप र बाटो फरक र बिकराल भएकोले त्यस तर्फ सरोकारवाला निकायको ध्यानकर्षण गर्नका लागि संचार माध्यमको भूमिका निकै गहन हुने बताउदै उनले अवका दिनमा घटना प्रधान भन्दा पनि वकालतको क्षेत्रमा संचार माध्यमले कलम चलाउनु पर्नेमा जोड दिएकी थिइन्।

Facebook Comment

छुटाउनुभयो कि?