भिटोफ नेपालको महासचिमा राममणी रिजालको दाबी

पर्यटन बजार१० चैत्र २०७७, मंगलवार मा प्रकाशित

भिटोफ नेपालको महासचिमा राममणी रिजालको दाबी

चैत १०, काठमाण्डौ। पर्यटन ब्यबसायीहरुको हक हित र व्यवस्थापनको लागि भिन्न भिन्न स्थान र गन्तव्यहरूको प्रचारप्रसार गर्न भिन्न भिन्न खाले संघ संस्थाहरूले आफ्नो आफ्नो क्षेत्र बाट महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ त्यो मध्ये एक हो गाउँ पर्यटन प्रवर्धन मञ्च (भिटोफ नेपाल) । यही चैत्र २० गते गाउँ पर्यटन प्रवर्धन मञ्च (भिटोफ नेपाल)को २४ औँ निर्वाचन राजधानीमा हुने भएको छ। हरेक दुई वर्षमा चयन हुने नयाँ कार्यसमितिमा आफ्नो दक्षतालाई प्रस्तुत गर्दै महासचिवको उम्मेदवारीको लागि मैदानमा उत्रिनुभएको छ लामो समय देखि पर्यटन व्यवसायमा लाग्नुभएको अनुभवी ,भिटोफ नेपालका सदस्य राममणि रिजाल।

धादिङको नीलकण्ठ नगरपालिकामा जन्मनु भएको राममणि रिजालको पर्यटन यात्रा २००५ मा नै सुरु भैसकेको थियो। सुरुमा पोर्टर बाट सुरु गरेको आफ्नो यात्रालाई ट्रेकिङ्ग गाइड हुँदै ट्रेकिङ्ग व्यवसायी सम्म पुर्याउन पक्कै पनि सजिलो काम थिएन। आफ्नो यही अनुभवलाई गाउँ पर्यटन प्रवर्धनमा प्रयोग गर्नका लागि आफ्नो उम्मेद्वारी दिनुभएको राममणि रिजाल सँगको कुराकानी :

भिटोफमा किन आवश्यक छ तपाइको उम्मेद्वारी ?
म आफ्नो जीवनको धेरै समय पर्यटन क्षेत्रलाई दिएको मान्छे ! त्यो पनि एउटा परम्परागत गाउँ बाट आएर । भिटोफको मुख्य उद्देश्य भनेकै गाउँ पर्यटन प्रवर्धन गर्नु हो। म एउटा गाउँमा जन्मिएर धेरै समय पर्यटन क्षेत्रमै बिताएको हुनाले पर्यटकहरूले गाउँ किन रोज्छन् र नरोजेको खण्डमा कस्ता कस्ता प्रक्रियाहरू पुर्याउनु पर्ने हो र त्यहाँको मौलिकताको अवलोकन गर्न कस्ता खाले पर्यटकहरूलाई फोकस गर्दा ठिक हुन्छ त्यस सम्बन्धी अनुभव छ। त्यही अनुभवलाई अर्थपूर्ण बनाउन मैले आफ्नो उम्मेदवारी दिएको हो।

कस्ता कस्ता योजनाहरू छन् तपाइको गाउँ पर्यटन प्रवर्धन गर्ने ?
नेपालमा धेरै त्यस्ता गाउँहरू छन् जुन अझै सम्म प्रचारमा आएका छैनन् हो तिनै अझै सम्म पर्यटक र मिडियाको आँखा सम्म नपुगेका गाउँ, र त्यहाँको रहनसहनलाई विभिन्न फ्याम ट्रिप र मिडियाको सहायताले हामी प्रचार प्रसार गर्ने र स्थानीयहरूलाई घर बास सम्बन्धी तालिमहरू दिने कार्य गर्छौ।

विगतमा पनि त यी सबै कुरा भए होलान् नि ?
हामीले जे काम गर्दा पनि आफ्नो वास्तविक धरातल बिर्सनु हुँदैन। विगतका हाम्रा अध्यक्ष, महासचिवहरूले धेरै राम्रो काम सम्पन्न गरिसक्नु भएको छ। वाहाहरुको कारण धेरै गाउँहरूको स्वरूप फेरिएको छ। तैपनि समयको अभाव र परिवर्तनसिल सोचका कारण अझै धेरै कुराहरू गर्न वाकी छन्। त्यही काम गर्ने अवसर पाउँदा म भाग्यमानी मान्नेछु आफैलाई।

तपाईँलाई किन भोट हाल्ने ?
भोट हाल्नु सबैको स्वतन्त्रता हो मलाई हाल्नु पर्छ भन्ने छैन तर म भन्दा राम्रो र योग्य उम्मेदवार हुन पर्यो नि अर्को मान्छे। सबै जना बुझ्ने हुनुहुन्छ म भन्दा राम्रो कोही आउनुभएछ प्रतिस्पर्धामा भने वहाँलाई जिताउँदा पनि म केही भन्दिन तर म भन्दा तल्लो स्तरको जसले चाही केही गर्दैन भन्ने पूर्ण विश्वास हुँदाहुँदै पनि हाम्रो भएकै कारण राम्रो उम्मेवारलाइ निराशा नबनाउनुहोला।

Facebook Comment

छुटाउनुभयो कि?