नयाँदिल्लीमा होली, नवरात्रिलगायतका चाडपर्व मनाउन रोक

पर्यटन बजार११ चैत्र २०७७, बुधबार मा प्रकाशित

नयाँदिल्लीमा होली, नवरात्रिलगायतका चाडपर्व मनाउन रोक

चैत ११ ,नयाँदिल्ली । कोरोना संक्रमणको दर बढेसँगै भारतको नयाँदिल्लीमा सार्वजनिक स्थानमा चाडपर्व मनाउन रोक लगाइएको छ । दिल्ली प्रकोप व्यवस्थापन प्राधिकरण (डीडीएमए)ले एक सूचना जारी गर्दै सार्वजनिकस्थलमा होली, नवरात्रिलगायतका चाडपर्व मनाउन रोक लगाएको बीबीसी हिन्दीले जनाएको छ ।

“विश्वलाई आक्रान्त बनाएको कोभिड–१९ महामारीको संवेदनशीलताप्रति सरकार गम्भीर छ । दैनिक संक्रमितको संख्या बढीरहेको अवस्थामा सरकारले सार्वजनिकस्थलमा भिडभाड हुने सभा–सम्मेलन, भेला, चाडपर्वलगायतमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ,” सूचनामा भनिएको छ ।

यो आदेशको उल्लंघन गर्नेलाई डीडीएमए ऐन, २००५ को दफा ५१ देखि ६० अनुसार कारबाही हुने सूचनामा उल्लेख गरिएको जनाइएको छ ।

मंगलबार दिल्लीमा एक हजार १०० संक्रमित थपिएसँगै डीडीएमएले यस्तो आदेश जारी गरेको हो ।

Facebook Comment

छुटाउनुभयो कि?