पर्यटकीय नगरी तनहुँसुरमा सम्पदा तथा वातावरण मेला हुने

पर्यटन बजार११ चैत्र २०७७, बुधबार मा प्रकाशित

पर्यटकीय नगरी तनहुँसुरमा सम्पदा तथा वातावरण मेला हुने

चैत ११ ,तनहुँ । तनहुँको पर्यटकीय नगरी तनहुँसुरमा सम्पदा तथा वातावरण मेला हुने भएको छ । नव बर्षको अबसर पारेर आगामी बैशाख १५ दखि ७ जेठसम्म बाताबरण मेला हुने भएको हो ।

पुरातात्विक महत्व बोकेको प्राकृतिक सम्पदाहरूलाई पर्यटकिय गन्तव्यको रूपमा विकास गर्न ‘सबै मिलेर हातेमालो गरौँ’ भन्ने मुल नाराका साथ हुने उक्त मेलामा करिब ५० हजार बढी आन्तरिक एवं बाहिय पर्यटक भित्र्याउने लक्ष्य आयोजकले राखेको छ ।

तनहुँसुरको एतिहासिक , धार्मिक , साँस्कृतिक , पुरातात्त्विक एवं प्राकृतिक सम्पदा तथा जैविक विविधताको संरक्षण गराउने र प्रसिद्धि कमाएको तनहुँसुरको भ्रमण गराउन मेलाले महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने आयोजकको भनाई छ ।

ब्यास नगरपालिकाको सभाकक्षमा आईतवार आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले तनहुँसुर नेपालकै ऐतिहासिक महत्त्वपूर्ण पृष्ठभूमि भएको बताए । बाइसे र चौबिसे राज्यहरू मध्ये तनहुँका सेनराजाहरु बौद्धिक र शक्तिशाली राजाका रुपमा नेपालमै परिचित भएको बताए ।

ऐतिहासिक तनहुँसुर दरवार,तोपखाना ,होमस्टे,सल्लाधारी,खण्गमाईमन्दिर,पुरानो दरवारको भग्नावसेष ,टुडिखेल ,गादीचौतारा,छापेढुङ्गालगायत दर्जनौं विशेषता बोकेका प्राकृतिकस्थलहरु यहाँ अवस्थित रहेका छन्।

Facebook Comment

छुटाउनुभयो कि?