“हर्षपुर डाँडा गाउँ होमस्टे” अध्ययन तथा अवलोकन भ्रमण टोली तनहुँ प्रस्थान

पर्यटन बजार११ चैत्र २०७७, बुधबार मा प्रकाशित

“हर्षपुर डाँडा गाउँ होमस्टे” अध्ययन तथा अवलोकन भ्रमण टोली तनहुँ प्रस्थान

चैत ११ ,तनहुँ। तनहुँको म्याग्दे गाउँपालिका स्थित “हर्षपुर डाँडा गाउँ होमस्टे” अध्ययन तथा अवलोकन भ्रमण कार्यक्रमको आयोजना गरिएको छ।  नेपाली काँग्रेस केन्द्रीय सदस्य,पूर्व मन्त्री प्रमुख शंकर भण्डारीले आज बिहान भ्रमण  टोलीलाई बिदाइ गर्नुभएको हो। 

दुई दिनको भ्रमणमा सहभागी बनेका विभिन्न पर्यटन क्षेत्रका छाता सङ्गठनका प्रतिनिधिहरूलाई शुभकामना दिँदै भण्डारीले ग्रामीण पर्यटनको विकासमा लागिरहन आग्रह गर्नुभयो। ” ग्रामीण पर्यटन र होमस्टेको  प्रवर्द्धन नगरी देशको पर्यटनमा सोचे जस्तो विकास गर्न नसकिने उहाँले बताउनुभयो।    

लैनचौर स्थित एक रेस्टुरेन्टमा बिदाइ कार्यक्रममा  ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान ) का अध्यक्ष खुम बहादुर सुबेदीले देशका कुना काप्चामा पनि पर्यटकलाई लोभ्याउन सक्ने अनगिन्ती स्थानहरू रहेकाले ती स्थानको पहिचान गरेर त्यसको प्रवर्धनमा सबैले ध्यान दिनुपर्ने बताउनुभयो।  तनहुँ पर्यटन प्रवर्द्धन समाजले तनहुँको पर्यटन विकासमा ठुलो भूमिका निभाइरहेको भन्दै सुबेदीले आगामी दिनमा पनि त्यस क्षेत्रको विकास र पर्यटन क्षेत्रको  प्रवर्धनको लागि काम गरिरहन शुभकामना दिनुभयो।   

तनहुँ पर्यटन प्रवर्द्धन समाजका अध्यक्ष गुप्त भण्डारीको संयोजकतामा आयोजित भ्रमण कार्यक्रममा ठमेल पर्यटन विकास परिसदका उपाध्यक्ष भबिश्वर शर्मा, सचिव बद्री तिम्सिना, टानका पूर्व अध्यक्ष तथा गणतन्त्र स्टोनियाका वाणिज्य दूत नवराज दाहाल, एन एम ए का कोषाध्यक्ष  सुदर्शन न्यौपाने टानको कोषाध्यक्ष रितु ग्याम्दान , नाराका पूर्व महासचिव शेखर थापा, कोषाध्यक्ष रिता  , पर्यटन व्यवसायी तथा पूर्व भिटोफ अध्यक्ष  बोधराज भण्डारी ,पर्यटन व्यवसायी शिव पौडेल, सञ्चारकर्मी लगायतका ३५  बन्दा बढी व्यक्तिहरूको सहभागिता रहेको छ। 

भ्रमण कार्यक्रममा बोल्दै अध्यक्ष गुप्त भण्डारी ले तनहुँ को धार्मिक पर्यटन ,पर्यावरणीय पर्यटन , होमस्टे तथा होटल प्रवर्द्धन लगायतका सम्पूर्ण कार्यमा आफू सशक्त बनेर लागिपरेको बताउनुभयो।

तनहुँको पर्यटनलाई देश सँगै विदेशमा समेत चिनाउने मुख्य उद्देश्य बोकेर नै यो भ्रमणको आयोजना गरेको समेत उहाँले बताउनुभयो। कोरोनाका कारण एक वर्ष थला परेको तनहुँमा फेरी पनि पर्यटकको आगमन सुरु गर्ने लक्ष्य बोकी कोभिडपछि पहिलो पटक अवलोकन भ्रमणको आयोजना गरिएको समेत उहाँले जानकारी गराउनुभयो।  

Facebook Comment

छुटाउनुभयो कि?