छाडा छोडिएका चौपायाको संरक्षणमा जुटे वडाअध्यक्ष ऐर

पर्यटन बजार१२ चैत्र २०७७, बिहीबार मा प्रकाशित

छाडा छोडिएका चौपायाको संरक्षणमा जुटे वडाअध्यक्ष ऐर

चैत १२ ,काठमाडौँ। कञ्चनपुरको शुक्लाफ़ाटा नगरपालिका छाडा छोडिएका चौपायाको संरक्षणमा जुटेको  छ। छाडा छोडिएका चौपाया को बिजोग भएको र सडक दुर्घटनामा समेत वृद्धि हुने समस्यालाई मध्यनजर गर्दै संरक्षण कार्यलाई अघि बढाइएको हो। 

लगभग १०० बिगा जमिन मा चौपायाको चरन क्षेत्र बनाइएको वडा अध्यक्ष रमेश ऐरले जानकारी गराए। चौपायालाई छाडा छाड्ने प्रवृत्ति बढे सँगै तिनको उचित व्यवस्थापनका लागि ७ जना सेवक राखेर संरक्षण सुरु गरिएको समेत उनले बताए। हाल करिब ३०० भन्दा बढी गाई , गोरुहरू सङ्कलन गरी व्यवस्थापन कार्य अघि बढाई एको समेत अध्यक्ष ऐरले जानकारी गराए। 

सुदूरपश्चिम कै सबै चौपाया को व्यवस्थापनको निम्ति लागिपरेका अध्यक्ष रमेश ऐ रले आफ्नै पहल कदमीमा यो सराहनीय कार्यको सुरुवात गरेका हुन्।  आगामी दिनमा चौपाया बढ्दै गए , जनशक्ति थपेर अझै व्यवस्थित बनाउने योजना रहेको समेत उनले पर्यटन बजारलाई बताए। 

Facebook Comment

छुटाउनुभयो कि?