टाेखामा सुरु भयो ७ दिने हाेमस्टे तालिम

पर्यटन बजार११ चैत्र २०७७, बुधबार मा प्रकाशित

टाेखामा सुरु भयो ७ दिने हाेमस्टे तालिम

चैत ११ ,काठमाडौँ। टाेखा नगरपालिका वडा नम्बर १ मा ७ दिने हाेमस्टे, व्यवस्थापन तथा आतिथ्यता सम्बन्धि तालिम सोमबारबाट सुरु भएको छ। प्रकृति , संस्कृति र पर्यटन नेपालको पहिचान , समृद्ध मुलुक निर्माण हाेमस्टेको पहिचान भन्ने अवधारणा अनुरुप शिवपुरी बाैडेश्वर सामुदायिक हाेमस्टे तथा पर्यटन व्यवस्थापन समितिले तालिमको आयोजना गरेको हो।

७ दिन सम्म चल्ने हाेमस्टे, व्यवस्थापन तथा आतिथ्यता सम्बन्धि तालिममा टाेखा नगरपालिकाका विभिन्न वडा बाट ३० जना प्रशिक्षार्थीहरुले सहभागीता जनाएका छन् ।

टाेखा नगरपालिका वडा नं १ का वडाध्यक्ष श्रीकृष्ण अधिकारीले ७ दिने हाेमस्टे, व्यवस्थापन तथा आतिथ्यता सम्बन्धि तालिमको नेपाल पर्यटन बाेर्ड भृकुटीमण्डप र टाेखा नगरपालिकाको विशेष बजेटमा कार्यक्रम संचालन भएको बताए।

उक्त कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरुलाई राम्रो संग हाेमस्टे तालीमको प्रशिक्षण लिइ अवलोकन गरि ति ठाँउहरुको बारेमा गहिरो ढंगले अध्ययन गरि टाेखा वडा १ को हकमा धेरै भन्दा धेरै पर्यटकहरु ल्याउनका लागि झोरको बाैडेश्वर झरना , बार्है महैना आउने जलेश्वर झरनाको पनि प्रचारप्रसारमा ल्याउनुपर्ने अधिकारीले बताउनु भयो।

साथै उहाँले शिवपुरी सिमानामा पैदलमार्गको परिकल्पना गरेको बताउदै टाेखा नगरपालिका २ को चण्डेश्वरी देखि झोर हुँदै शान्तिधामसम्म जाने लगभग १० किमि पैदलमार्ग बनाउन सकिएको खण्डमा त्यस्को पेरिफिरिमा हाेमस्टे ,रेस्टुरेन्ट , कफीशपको साथै अरु व्यवसायी , उद्योगहरु फस्टाउने सम्भावना भएको हुनाले हाेमस्टेको पनि प्रचारप्रसारमा लान पैदलमार्गको अवधारणालाई जोड दिन टाेखा नगरपालिका र नेपाल पर्यटन बाेर्ड समक्ष सहजीकरण गरिदिन स्थानीयहरुले समेत घचघचाइ रहेको वडाध्यक्ष श्रीकृष्ण अधिकारीले बताउनुभयो

आयोजक शिवपुरी बाैडेश्वर सामुदायिक हाेमस्टे तथा पर्यटन व्यवस्थापन समितिका अध्यक्ष, तथा कार्यक्रम संयोजक रामकुमार अधिकारीले ७ दिने हाेमस्टे, व्यवस्थापन तथा आतिथ्यता सम्बन्धि तालिमको ४ दिने सैद्धान्तिक र ३ दिने ब्यबहारिक प्रशिक्षण रहेको बताउदै त्यस्को साथ साथै हाेमस्टेमा आएका आएका पाहुनालाई कसरी स्वागत र सत्कार गर्ने , खाना कुन हिसाबले ख्वाउने के ख्वाउने र पाहुनालाई कसरी बिदाइ गर्ने भन्ने कुरा हाेमस्टेको महत्त्वपूर्ण पक्ष रहेको बताउनु भयो।

७ दिने हाेमस्टे, व्यवस्थापन तथा आतिथ्यता सम्बन्धि तालिम कार्यक्रमका प्रमुख अतिथि नेपाल पर्यटन बोर्डका बरिस्ठ निर्देशक हिक्मत सिह ऐर,प्रबन्धक सुमन घिमिरे , टाेखा नगरपालिका वडा अध्यक्ष श्रीकृष्ण अधिकारी ,प्रशिक्षकहरु होमस्टे एसोसिएसन का कोषाध्यक्ष सुरज बास्तोला,केन्द्रीय सदस्य तथा बागमती प्रदेश सह ईन्चार्ज राज कुमार लामिछाने आयोजक सस्थाको अध्यक्ष,कार्यक्रम संयोजक रामकुमार अधिकारी लगायतको उपस्थिति रहेको थियो।

Facebook Comment

छुटाउनुभयो कि?