भिटोफ नेपालको महासचिवमा शिव पौडेलको उम्मेदवारी !

पर्यटन बजार१३ चैत्र २०७७, शुक्रबार मा प्रकाशित

भिटोफ नेपालको महासचिवमा शिव पौडेलको उम्मेदवारी !

चैत १३,काठमाडौं । पर्यटन ब्यबसायीहरुको हक हित र व्यवस्थापनको लागि भिन्न भिन्न स्थान र गन्तव्यहरूको प्रचारप्रसार गर्न भिन्न भिन्न खाले संघ संस्थाहरूले आफ्नो आफ्नो क्षेत्र बाट महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ त्यो मध्ये एक हो गाउँ पर्यटन प्रवर्धन मञ्च (भिटोफ नेपाल) । भिटोफ नेपालको २४औं निर्वाचन यहि चैत्र २० गते राजधानीको ठमेलमा हुने भएको छ । चुनाब नजिकिदै गर्दा पर्यटन हब ठमेलमा यतिबेला चुनाबि चहलपहल बढेको छ। यस सगै ब्यवसायिहरुले विभिन्न पदमा उम्मेदवारी दिन थालेका छन ।

यसै बिच पर्यटन ब्यवसायि पर्यटन ब्यवसायिहरुको छाता संस्था (निट) को तर्फबाट युवा पर्यटन ब्यवसायि शिव पैडेलले महासचिव पदका लागि उम्मेदवारी दिएका छन । पौडेलले तनहुँ पुगेर तनहुँ पर्यटन प्रवर्द्धन समाजले आयोजना गरेको २ दिने अवलोकन तथा पर्यटन प्रवर्द्धन भ्रमण कार्यक्रमका बिच उम्मेदवारी घोषणा गरेका हुन।

नेपाल लायन टुर एन्ड ट्रेकका संचालक समेत रहेका पौडेल महासचिव पदका प्रमुख दावेदार मानिन्छन् । पर्यटन क्षेत्रमा १२ बर्ष बिताइसकेका पौडेलले आफु निर्वाचित भएपछि अहिले सम्म संघमा भएका बेथितिलाइ निराकरण गर्दै ग्रामीण पर्यटन बिकासका लागि महत्त्वपूर्ण योगदान गर्ने बताए । पौडेलले सहमति र सहकार्यबाटै अघाडि बढ्ने आफ्नो चाहाना भएको र यदि सहमति हुन नसके मैदानबाटै आउन पनि तयार भएको बताए।

Facebook Comment

छुटाउनुभयो कि?