धेरै पाठकको मन मष्तिस्कमा बस्न सफल पत्रकार बसन्त प्रताप सिंहको उम्मेदवारी केन्द्रिय सदस्यमा

पर्यटन बजार१७ चैत्र २०७७, मंगलवार मा प्रकाशित

धेरै पाठकको मन मष्तिस्कमा बस्न सफल पत्रकार बसन्त प्रताप सिंहको उम्मेदवारी केन्द्रिय सदस्यमा

चैत १७ ,काठमाडौं ।सुदुरपश्चिम प्रदेशको विकट हिमाली जिल्ला बझाङमा बसेर निरन्तर १७ बर्षदेखि पत्रकारितामा शसक्त कलम चलाउदै आएका एक शसक्त पत्रकार हुन् बसन्त प्रताप सिंह। आम पाठकको मनमस्तिष्कमा सालिन व्यक्तित्व, सक्रिय, सिर्जनशिल र मेहनती पत्रकारको छबि बनाइसकेका जुझारु पत्रकार सिंह नेपाल पत्रकार महासंघको निर्वाचनमा खुल्ला केन्द्रिय सदस्य पदमा प्रतिस्पर्धाको मैदानमा उत्रिएका छन् ।

लामो समयदेखि पत्रकारिता गर्दै आएका उनले यसपल्ट नेपाली पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको केन्द्रिय नेतृत्वका लागि उम्मेदवारी दिएका हुन् ।

लामो समय देखि लेखन कार्यमा छु , यहि समय अवधिमा पत्रकारका समस्यालाई नजिक बाट नियाल्ने मौका समेत पाएको छु, श्रमजिवी पत्रकारहरुको समस्या समाधान गर्न नेतृत्वमै पुग्नुपर्छ भनेर पनि धेरैपटक लागेको हो त्यसैले यसपाली उम्मेदवारी दिएको छु, आशा छ सबैले मलाई समर्थन गर्नुहुनेछ ,’ उनले भने ।

पछिल्लो समय नेपाल पत्रकार महासंघमा क्रियाशिल, निष्पक्ष, व्यवसायिक, श्रमजिवी तथा पेशागत सुरक्षाको ग्यारेन्टी गर्न सक्ने इमान्दार पत्रकारहरुले नेतृत्व पाउनुपर्ने बहस भैरहेका बेला उनको उम्मेदवारीलाई देशैभरी उत्साहका साथ हेरिएको छ । उनी देशैभरी सालिन, भद्र, साहसिक र उर्जाशिल पत्रकारको रुपमा चिनिन्छन् । उनको उम्मेदवारीलाई पुर्वदेखि सुदुरपश्चिमका ७७ जिल्लाभरी नै रुचाइएको छ ।

शनिबार मनोनयन दर्ता गराएका उनको उम्मेदवारीबारे आइतबार बेलुकीसम्म हेर्दा सामाजिक सञ्जाल फेसबुकमा सबैभन्दा बढि चर्चा देखिएको छ । यसपल्टदेखि नेपाल पत्रकार महासंघमा केन्द्रिय पार्षदले मात्रै भोट लगाउन पाउने सिन्डिकेट तोडिएको छ । अर्थात प्रत्यक्ष निर्वाचन प्रणाली लागु भएको छ । चैत्र २५ को निर्वाचनमा हरेक जिल्लाका महासंघ सदस्यले खुल्ला केन्द्रिय सदस्य पदका उम्मेदवार सिंहलाई देशैभरीबाट भोट हाल्न पाउनेछन् ।

छोटो अवधिमा ७७ वटै जिल्लामा जोकोही उम्मेदवारले स्वयम् पुगेर भोट माग्ने अवस्था छैन । सम्पुर्ण उम्मेदवारले सामाजिक सञ्जाल, टेलिफोन संवादलाई भरपुर प्रयोग गरेको पाइएको छ । समग्रमा हेर्दा खुल्ला केन्द्रिय सदस्य पदमा सिंहको उम्मेदवारीमा मतदाता, उनका समर्थक तथा शुभचिन्तकको चाम बढेको छ ।

पत्रकार सिंह कान्तिपुर दैनिकमा २०७२ साल माघ १८ गते जिल्ला संवाददाताको रुपमा नियूक्त भएका उनले बिशेषगरी गहन, खोजमुलक, फिचर तथा समाचार लेखनमा उत्कृष्ट पत्रकारको छवि बनाइसकेका छन् । तुलनात्मक हिसावले राष्ट्रिय मिडियामा कमै आउने बझाङका विभिन्न क्षेत्रका मुद्धाहरु उनी जिल्ला संवाददाता भएपछि राष्ट्रिय मुद्धा नै बनेका छन् । उनले समाचारमा उठान गरेका मुद्धाहरु संसदमा पनि ध्यानाकर्षण भएका छन् । उनले लेखेका अधिकांश समाचारको राम्रो प्रभाव छाडेका छन् ।

करिब एकबर्षमा कान्तिपुर दैनिक र काठमाण्डौ पोष्टमा उनका ३ सय ४६ वटासम्म समाचार प्रकाशित भएका विगत छन् । यि वाहेक थुप्रै समाचार र अडियो रिर्पाेटहरु इकान्तिपुर अनलाइन र कान्तिपुर एफएमबाट पनि प्रकाशित प्रसारित भएका छन् । उनका हरेक समाचार मानवीय चासोका हुने गर्छन् ।

कान्तिपुर सहित उज्यालो ९० नेटवर्क, नेपाल टेलिभिजन, नेपाल समाचार पत्र, राजधानी दैनिक, रेडियो सेती, साथी पत्रिकामा विभिन्न पदमा र जिम्मेवारीमा रहेर काम गरिसकेका छन् ।

उनी हालै बहुप्रतिष्ठित नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल (इञ्जा)द्वारा स्थापित ‘इञ्जा सामुदायिक पत्रकारिता पुरस्कार (२०२०)’ बाट सम्मानित भएका व्यक्ति हुन् । भने यस अघि नै राष्ट्रपतीले प्रदान गर्ने जनसेवाश्री पदकबाट समेत विभुषित भइसकेका छन ।

यसैगरी शिक्षा पत्रकारिता पुरस्कार, दुई पटक कान्तिपुर उत्कृष्ट जिल्ला संवाददाता, फेडवासन पत्रकारिता पुरस्कार, वीरेन्द्र कुमार साह क्रियाशिल पत्रकारिता पुरस्कार, कर्ण बोहरा स्मृति पत्रकारिता पुरस्कार लगायत दर्जन बढी जिल्ला तथा केन्द्र स्तरका सम्मान पाइसकेका छन् ।

Facebook Comment

छुटाउनुभयो कि?