टाेखाको उपप्रमुख सहितको टोलीले गरे सिरुबारी होमस्टेको अध्ययन अवलोकन भ्रमण

पर्यटन बजार१७ चैत्र २०७७, मंगलवार मा प्रकाशित

टाेखाको उपप्रमुख सहितको टोलीले गरे सिरुबारी होमस्टेको अध्ययन अवलोकन भ्रमण

चैत १७ काठमाडौ। काठमाडौँको टाेखा नगरपालिकामा संचालित ७ दिने होमस्टे तालिममा सहभागी टोलीले नेपालको पहिलो पर्यटन गाउँ स्याङ्जा जिल्लाको सिरुबारि होमस्टेको अध्ययन अवलोकन गरेको छ।

टोखा नगरपालिका र नेपाल पर्यटन बाेर्ड भृकुटीमण्डपको विशेष सहयोगमा संचालन भएको ७ दिने तालिम अन्तर्गत स्थलगत होमस्टेको अध्ययन अवलोकन भ्रमण गर्न शिवपुरी बौडेश्वर सामुदायिक होमस्टे तथा पर्यटन व्यवस्थापन समितिले नवलपरासीको अमलटारि होमस्टे र स्याङ्जाको सिरुबारी होमस्टेको भ्रमण गरेको हो ।

टाेखा नगरपालिका उप-प्रमुख ज्ञानमाया डंगोल , टाेखा नगरपालिका योजना अधिकृत बासुदेव भेटुवाल,सूचना अधिकृत वसन्त पाठक, नेपाल पर्यटन बाेर्डका प्रतिनिधि अधिकृत जानकी उपाध्याय र प्रज्ञा घिमिरे, टाेखा नगरपालिकाका विभिन्न वडा बाट २७ जना होमस्टे प्रवर्द्धन तालिममा सहभागी टोली रहेका थिए।

उपप्रमुख डङ्गोलले टाेखामा हाेमस्टे प्रबर्द्धन गरि टाेखामा धेरै प्राकृतिक र सांस्कृतिक सम्पदाहरु रहेकोले यस्ले टाेखा नगरपालिका भित्र पर्यटन प्रबर्द्धन गर्ने योजनाका साथ अघि बढेको बताएकि छन्। शिवपुरी बौडेश्वर सामुदायिक होमस्टे तथा पर्यटन व्यवस्थापन समितिका अध्यक्ष, रामकुमार अधिकारीले अमलटारि होमस्टे र सिरुबारि होमस्टेको अध्ययन अवलोकन भ्रमणले टोखा लगायत अन्य स्थानमा होम स्टे संचालनमा सहजता प्रदान गर्नेमा आफु बिस्वस्त रहेको बताए ।

Facebook Comment

छुटाउनुभयो कि?