भिटोफको पहिलो महिला अध्यक्षमा मेरै नाम हुनेछ – जस्फा पाण्डे

पर्यटन बजार१७ चैत्र २०७७, मंगलवार मा प्रकाशित

भिटोफको पहिलो महिला अध्यक्षमा मेरै नाम हुनेछ – जस्फा पाण्डे

चैत १७ ,काठमाडौं । गाउँ पर्यटन प्रबर्द्धन मञ्च (भिटोफ) नेपालको २४ औँ वार्षिक साधारणसभा सहितको निर्वाचन यहि चैत्र २० गते राजधानीमा हुँदैछ । भिटोफको आगामी नेतृत्वका लागि अध्यक्षको सशक्त दाबेदार व्यक्तित्वका रुपमा पर्यटन ब्यबसाय र समाजसेवालाई साथसाथै अगाडी बढाइ रहेकी जस्फा पाण्डेको नाम अग्रपङ्तिमा देखिएको छ । पाण्डे भिटोफ नेपालकी वर्तमान महासचिव पनि हुन् ।

आफु अग्रज एवं युवा ब्यबसायीहरुको सल्लाह सुझाव र हौसला का कारण अध्यक्षको दावेदार भएको पाण्डेले बताइन् । भिटोफको इतिहासमा अहिलेसम्म महिला अध्यक्ष नभएको र महिलाको नेतृत्व कतिको सक्षम र सबल हुन्छ भन्ने उदाहरण बन्नेमा आफु बिश्वस्त रहेको समेत उनले बताईन ।

आफु सदैव सस्थाको हक़, हित र उद्देश्य प्राप्तिको लागि लागिपरेकी र यहि उद्देश्य प्राप्तिको लागि आफ्नो उम्मेद्वारी भएको पाण्डेले बताइन् । ‘ अहिलेको मेरो उम्मेदवारी कोरोना भाइरस (कोभिड-१९) ले थला परेको नेपालको ग्रामीण पर्यटनलाई पुनर्जीवन दिनका लागि हो’, पाण्डेले भनिन् , ‘ गाउँ नै गाउंले भरिएको नेपालको बिकास र समुन्नतिका लागि गाउँ पर्यटनको संरक्षण र सम्वर्द्धन अति आवश्यक छ ।’

‘अहिले अन्य क्षेत्रभन्दा गाउँ पर्यटन थिलो थिलो भड़को छ’, पाण्डेले भनिन्, ‘भिटोफको आगामी नेतृत्व सामु यस्को गम्भिर चुनौती छ, म ती चुनौति सामना गर्ने प्रतिवद्धता ब्यक्त गर्दछु ।’

यसैबीच, भिटोफ नेपालको नेतृत्व छनोटका लागि नेपाल पर्यटन व्यवसायी संघ (निट) ले पाण्डेलाई सर्वसम्मत उमंमेदवारको रुपमा निर्णय गरेको छ । केन्द्रीय सह-अध्यक्ष रामशरण थपलियाको संयोजकत्वमा गठित ५ सदस्यीय वार्ता तथा सम्वाद समितिले पाण्डेलाई सर्वसम्मत उम्मीदवार निर्णय गरेको हो । यस्तै अन्य पक्षका पर्यटन ब्बसायीहरुले पनि महिला ब्यबसायी पाण्डेलाई नै समर्थन गरेको बताइएको छ ।

Facebook Comment

छुटाउनुभयो कि?