हल्का बर्षा सँगै वायु प्रदुषण पनि घट्यो

पर्यटन बजार१९ चैत्र २०७७, बिहीबार मा प्रकाशित

हल्का बर्षा सँगै वायु प्रदुषण पनि घट्यो

चैत १९ , काठमाडाैं । हिजो परेको पानीले काठमाडौं उपत्यका लगायतका केही ठाउँको वायु प्रदूषण केही घटेको छ । हल्का बर्षादका कारण हिजो अस्तिको तुलनामा वायु प्रदूषण कम भएको हो ।

हिजो पानी परेको र हावासमेत चलेका कारण प्रदूषण केही घटेपनि भोलिदेखि पानी पार्ने प्रणाली कमजोर हुने र डढेलो नियन्त्रण नभएसम्म वायु प्रदूषण कायमै रहने बताइएको छ ।

वर्षाले वायुमण्डलमा धेरै दिनदेखि थुप्रिएको घातक प्रदूषण घटाउन सहयोग पुगेको मौसमविदले बताएका छन् । तराइमा अझै पानी पर्ने सम्भावना नभएकाले वायु प्रदूषण केही दिन रहने छ ।

Facebook Comment

छुटाउनुभयो कि?