सम्झनामा बारपाक !

पर्यटन बजार२२ चैत्र २०७७, आईतवार मा प्रकाशित

सम्झनामा बारपाक !

चैत २२, काठमाण्डौ।

गौरी देवकोटा -आँबु खैरेनी स्रस्टा समाजको स्रस्टा सम्मान साथै कृति विमोचन कार्यक्रम थियो चैत्र १४ मा । इच्छुक साँस्कृतक प्रतिष्ठानबाट जानुहुने साथीहरू १३ गते नै गइसक्नु भएकोले १४ गते म एक्लै जाउँ कि नजाउँ मनलाई चुम्बकले झैँ तानिरहेथ्यो बारपाकले । पर्यटन प्रबर्द्धनको उद्देश्य सहित साहित्यिक सद्भाव यात्राको टोलि आँबु खैरेनीबाट १५ गते बारपार हिड्दै थियो र मलाई त्यो यात्रा छुटाउन मन थिएन त्यसैले निस्किएँ बिहान ६स्३० मा । ठूलाठूला मालवाहक गाडीहरूका जामका कारण नौविसे पुग्न तीन घण्टा लाग्यो । १ बजे कार्यक्रम स्थल पुग्दा भव्य रूपमा शुरु हुँदै थियो कार्यक्रम ।

आँबु खैरेनी स्रस्टा समाजले विगत देखि नै देशमा सकारात्मक परिवर्तनको लागि योगदान गर्नुहुने विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई सम्मान र प्रतिभाहरूलाई पुरस्कृत गर्दै आएको रहेछ । समाजसेवी र साहित्य प्रेमीहरूद्वारा स्थापित सम्मान तथा पुरस्कारहरू मध्ये साहित्य सम्मानबाट प्रगतिवादी कवि तथा निबन्धकार मित्रलाल पँगेनी लगायल ५ अन्य शिर्षकका व्यक्तित्वलाई नगद सहित सम्मान गर्ने सह्रानीय काम स्रस्टा समाजले गर्यो । प्रा.डा. जगदीशचन्द्र भण्डारीको प्रमुख आथित्यता र वडा अध्यक्षको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्रस्टा सानुकाजी थापाद्वारा सिर्जित ूअनावरणू कृतिको समीक्षा सहित लोकार्पण पनि भयो । आँबु खैरेनी स्रस्टा समाजले साहित्यलाई मात्र हैन साहित्य सँगसँगै पर्यटन, शिक्षा, स्वास्थ्य र विकासलाई पनि प्राथमिकतामा राखेर आफ्ना गतिविधिहरूलाई सन्तुलित ढंगबाट अगाडि बढाइरहेको पाइयो जुन अनुशरणीय काम हो ।

कार्यक्रममा आँबुखैरेनी स्रस्टा समाजले गण्डकी प्रदेशको दश धार्मिक पर्यटकीय स्थल मध्ये एक छिम्केश्वरीलाई पर्यटन प्रबर्द्धनका लागि ूगन्तव्य छिम्केश्वरीू को प्रस्ताव गाउँ पालिकाको अध्यक्ष गीर बहादुर थापा समक्ष राखेको थियो र सो प्रस्तावलाई अध्यक्षले सम्बोधन गरे पछि हल तालीले गडगडाएको थियो । जुन पर्यटन क्षेत्र र स्थानीयको लागि महत्वपूर्ण साथै खुसीको कुरा थियो ।

***********************
साँझ ७ बजे शुभकामना होटलको सानो हलमा काव्य साँझको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा चितवन, पोखरा, गोरखा, स्याङ्जा र काठमाडौबाट जम्मा हुनुभएका र स्थानीय स्रस्टाहरू गरेर १५ जनाले आ आफ्नो सिर्जना वाचन गर्नु भयो । सिर्जनाहरू राजनितीक विकृति, बैचारिक विकृति र सामाजिकरसाँस्कृतिक विकृतिहरू न्युनिकरण गर्ने उद्देश्य सहित अग्रगमनका लागि सङ्घर्षहरू जारी राख्नु पर्ने आवश्यकतामाथि केन्द्रित थिए । काव्य साँझमा संज्ञानको पाटो, उद्देश्यको पाटो र कालिगढको पाटो बोध हुने कविता सुन्दर कविता हुन्छन् भन्दै कवितामाथि समीक्षात्मक मन्तव्य राख्नु भएको थियो वरिष्ठ समालोचक प्रा।डा। ताराकान्त पाण्डेले । सबै सर्जकहरू सिर्जनाको स्वाद लिइरहेका थियौँ तर स्रस्टा समाजका अध्यक्ष अनिल श्रेष्ठ भने हिजै देखिको जिम्मेवारी कुशलतापूर्वक पूरा गर्दै बारपाकसम्मकै व्यवस्थापनमा व्यस्त हुनुहुन्थ्यो र पनि आफ्नो सिर्जना सुनाउन भ्याउनु भएको थियो । यसले समाज र सिर्जनाप्रति उहाँको लगनशीलता र सद्भाव सहजै झल्काउँथ्यो ।

बिहान सात बजे आँबुखेरेनीबाट बारपाकको लागि हिडियो । बसमा स्रस्टा, चालक र सहचालक सबै गरेर २९ जना थियौँ जसमा महिला साथीहरू ९ जना थियौँ । गाडी १० किलोबाट छेपेटार हुँदै दरौँदीको तिरैतिर उत्तर लागेसँगै बारपाक पुग्ने मनहरूको दुरी पनि छोट्टिँदै गइरहेको थियो । अजिरकोटबाट सौरपानीलाइ दाहिने र जौबारी जाने बाटो देब्रे पारेर साँघुरा र कच्ची सडकमा ठूलो गाडी कुशलताकासाथ बारपाकको लागि अगाडि बढाइरहेथे चालकले । स्रस्टाहरूको अनेक जिज्ञासा मेटाउने प्रयास गरिरहनु भएको थियो यात्राका संयोजक स्रस्टा मोदनाथ मरहट्टा र महेन्द्र मावि कुन्दुनटारका प्र.अ.गोपाल मरहट्टाले ।

दक्षिण एसियामा फैलिरहेको प्रदुषणले नेपाल पनि छपक्क छोपिरहेथ्यो । प्रदुषणले शहरलाई मात्र हैन हिमाल र कुना कन्दरालाई पनि छोपिरहेथ्यो ।घाम तुवालोभित्र मधुरो थियो । स्नानको टर्निङमा ओर्लेर २०७२ मा गएको विनासकारी भुकम्पको इपिसेन्टर सिन्द्रा हेर्ने चेष्टा गरियो तर हाम्रो धोकोलाई पनि तुवालोले नै छोपिदियो । बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष विष्णु भट्ट र नेतृ भगवती तिवारी हाम्रो साथमै हुनुहुन्थ्यो १० किलो देखि । उहाँहरू पनि नयाँ ठाउँमा जाँदै गरेका हामीहरू जस्तै उत्साहित देखिनुहुन्थ्यो स्रस्टाहरूसँगको नौलो यात्राले ।

खैरेनीबाट तीन घण्टामा पुगियो बारपाक । लालीगुराँस सहितको स्वागत ग्रहण गर्दै न्यानो आतिथ्यताका लागि कृतज्ञ थियौ यात्रा टोली । होम स्टेमा खानाको राम्रो व्यवस्था गरिएको रहेछ । खाना खाएर लाप्राक जाने योजना थियो । हामीले लगेको गाडी नजाने भएकोले सानो गाडीको खोजीमा केही अलमल हुन गयो ।

२९०० मिटर उचाइको लाप्राकको नया वस्तीमाथि डाँडामा ओर्लँदा पानी छिटाएथ्यो एकै छिन । पानी परेको भए भोलि विहान आकाश अलि खुल्दो हो तर परेन । डाडाबाट ओर्लँदै गर्दा एनआरएनले निर्माण गरेको नया वस्तीले आँखा तान्थ्यो र खुट्टा टेक्ने ठाउँ हेर्न बिर्सिइन्थ्यो । विभिन्न कोणमा लाप्राकको फोटो खिज्दै वस्ती पसियो । चिटिक्क लाइन मिलाएर बनाइएका रङ्गीन घरहरूको नया वस्ती असाध्यै मनमोहक देखिन्थ्यो टाढाबाट तर वस्ती पसे पछि थाहा भयो मानव विहीन घरहरू कति विरूप हुँदो रहेछ १ हिड्दै गर्दा ठुला मान्छेले थुम्से भरी र साना नानी बाबुहरूले आधा थुम्से जम्बो बोतल बोकेर वस्तीको बीचतिर पानीको लागि हिडिरहेकाहरू भेटिए । अम्बिका मुडवरी जी ले सोध्नुभयो- दिदी यहाँ किन मान्छे नबसेको र?
उत्तर थियो ह्या के खाएर बस्ने ?
हामी त ऊ… तल बस्छौँ ! कोही बस्दैन यता म पनि स्कुल पढाउन मात्रै बसेको ।
कता छ त स्कुल ?
ऊ उता छ, भनेर दक्षिण पश्चिम देखाउँदै उनी अगाडि बढिन् उनकै पछि लागे साना नानीहरू । साथीहरू निकै तल पुगिसकेथे र हान्नियौँ हामी पनि ओरालो ।

५७३ घर रहेछ नया वस्तीमा । तर पुरानै बस्तीमा बस्नेरहेछन् मानिसहरू । कारण(पानी, स्कुल , एक दुई वटा भेडा बाख्रा बाध्ने व्यवस्था नभएको घर, घर वरपर यौटा बोट खुर्सानी लाउन मिल्ने ठाउँ को अभाव आदि रहेछन् । एनआरएनले पनि दुस्खै गरेर कमाएको सम्पत्तिको लगानी हो त्य‍ो तर यसरी नै वेवारिसे छ‍ाड्ने हो भने केही वर्षमा थोत्रिएर माटोमा मिल्ने देखिन्छ त्यो लगानी । गाउपालिकाको या एनआरएनको सोच र योजना त थाहा भएन । मलाइ भने लागिरह्यो( उपयुक्त मौसमभरी दैनिक ठूलो संख्यामा घुम्न आउँछन् मान्छेहरू बारपाक र लाप्राक । यो सिर्जनालाई सदुपयोग गर्दै बरू गाउँ पालिका वा वडाले होम स्टे चलाए यौटा राम्रो आयस्रोत हुन्थ्यो र त्यसैले अन्य पुर्वाधार थप्न सकिन्थ्यो ।

भूकम्पको प्वाइन्ट जाने बाटो छोडेर हामी पुरानो वस्तीतिर लाग्यौँ । वस्ती निकै तल रहेछ । माथी डाडाबाटै वस्ती नियाल्यौँ । फोटाहरू लियौँ । पत्रकार साथीहरू आन्तरिक पर्यटकहरूको छोटाछोटा अन्तरवार्तामा लाग्नु भयो । पुरानो वस्तीका छाप्राहरू सजिव थिए । लाप्राकमै कार्यरत शिक्षक खगेश्वर सापकोटाले वस्तुस्थिति बताइरहनु भएथ्यो । साना तिना घरहरूको आडमा अस्वभाविक नया भव्य घर देखाउदै भन्नुभयो ऊ त्यो सत्तरी सालमा सत्तरी लाखमा बनेको घर हो । त्यस घरमा काठमाडौमा नपाउने चिज पनि पाइन्छ । त्यो सुपर मार्केट हो । हामीलाई पनि अनौठो लाग्यो र सोध्यौँ ( अनि त्याँ किन्ने हुन्छन् त रु त्यहाँ किन्नेहरू पनि छन् नि १ अन्यौल भयो यो दुस्खको पहाड हो या सौखिन उपभोक्ताको र?

हामीसँग समय थोरै थियो । साँझ कार्यक्रम गर्ने योजना पनि थियो र फर्कियौँ तर बारपाक आइपुग्दा धेरै ढिला भैसकेको थियो । फाउ पुर्नेको रमझममा थियो दिनभर बारपाक । साँझ हाम्रो कार्यक्रममा स्थानीयको उपस्थित हुने छाँटकाँट नदेखिए पछि र हामी पनि थाकि सकेकोले भोलि पाल्खुमा मात्रै कार्यक्रम गर्ने मनस्थितिमा पुग्यौँ । तय गरेको बेलुकाको साहित्यिक कार्यक्रम हुन भने सकेन तर बारपाक पुगे पछि लाप्राक पुग्नै उपयुक्त थियो र गइयो पनि । बेलुका कार्यक्रम गर्न नपाए पनि लाप्राक घुम्न पाएकोमा नै सबै सन्तोष मानिरहेथ्यौँ । बारपाकबाट लाप्राक आउजाउ गर्ने तीन घण्टाको ढुङ्गे कच्ची सडकमा थिलथिलो भएको शरीर लिएर हामी महिला साथीहरूको लागि तयार पारेको यौटा ठूलो कोठमा पस्दा आठ बजेथ्यो । सुत्दा एघार बज्यो । यस बीचमा अत्यन्तै उपयोगी साँस्कृतिक परिवर्तनका कुराकानीहरू भए । आ(आफ्ना ठाउँका भिन्नाभिन्नै चलनहरू कति उपयुक्त र अनुपयुक्त थिए समीक्षा भए । एक अर्काका सिर्जना सुनियो । घर परिवार बारे अन्तरङ गफ गरियो । हामीहरू एक अर्कामा प्रायस् अन्जान नै थियौँ तर त्यो तीन घण्टामा वर्षौँ देखिका साथी जस्ता भयौँ ।

बिहान सात बजे कोटतर्फ उक्लियौँ । वातावरण मान्छेको मारमा नपरेको भए त्यहाँबाट वरपरका थुप्रै रमणीय दृष्यहरू देखिने रहेछ १ कोटदेवी परिसरमा भेटिनु भएका पाका व्यक्तिहरू भन्दै हुनुहुन्थ्यो( सबै छेक्किहाल्यो के हेर्नु हुन्छ खै १रु केही कुराकानीमै उहाँहरूको मन दुखाइ पनि पहिल्यायौँ । ूबाटो नबन्दासम्म यहीँक‍ो उब्जा खान्थ्यौँ यहीँको ढुङ्मा माटाले घर बनाउँथ्यौँ । बाटो बन्यो बाटो सँगै सबैको सुख आयो । काम गर्नि ठाममा घर बन्यो । खाने कुरा आगनमा आइपुग्यो । आलु प्याज समेत किनेर खान्छ अहिले यहाँको मान्छे १ू कुरा सान्दर्भिक थियो र मार्मिक पनि । बाटोले विकास गर्यो या विनास रु गम्भीर प्रश्न फेरि उब्जियो । हामी काठमाडौ पुग्नु थियो । उनीहरूसँग मन भएर पनि कुरा गर्ने समय थिएन । कोटदेवीबाट हेर्दा देखिने मनमोहक दृष्यावलोकनलाई कल्पनामा सिमित गर्दै धुम्म परेको तुवालो भित्र केही बेर चुकचुकायौँ । सामिप्यको बुद्ध हिमाल र अरू सानासाना हिमाली दृश्यलाई तुवालोले ढाकेर देख्न देखाउन नपाएकोमा थकथकाउदै हुनुहुन्थ्यो यात्राको व्यवस्थापन गर्नुहुने स्रस्टा अनिल श्रेष्ठ पनि । बुद्धपार्कबाट ओर्लदै गर्दा स्थानीय दिदी बैनीहरूले जिज्ञासा राख्नु भयो:
कहाँ बस्नु भाको नि र?
भन्यौँ, तल स्कुल नजिक होम स्टेमा ।
हामीसँग पनि छ नि होम स्टे !
हामी धेरै जना थियौ । त्यहाँ ठूलो रहेछ अनि ।
ती बैनीले भनिन्(हाम्रो ८० जना बस्ने होम स्टे छ ।
ए, हो र रु आज त फर्किन्छौँ । फेरि आयौँ भने तपाईंकाँ आउछौँ नि !
नेताको शैलीमा अनिश्चिचत आश्वासन किन दिएँ हुँला रु मनमनै भन्दै थेँ । भर्खरै राष्ट्रपति विद्या देवी भण्डारीले उद्घाटन गरेको र बन्दै गरेको भुकम्प स्मारक आइपुगेछ । मोबाइलले क्लिक गर्दै निर्धारित समयमा हाजिर भइयो टोलीमा ।

ठीक आठ बजे बारपाकबाट हिड्यो गाडी । हुँडी फाँटको कुनामा रहेको सीता गुफा हेरियो । अत्यन्तै राम्रा राम्रा कुँदेका जस्ता आकृतिले सजिएको सीता गुफा फुर्सदले हेर्न भने भ्याइएन । बत्तीको व्यवस्था पनि नभएकोले मोवाइल बालेर झल्याकझुलुक हेरियो । सुने अनुसार बीचमा घस्रेर जानु पर्ने गुफा आरुघाट निस्किन्छ रे । हो होइन अध्ययन अनुसन्धानको पाटो रह्यो । तथ्य सहितको प्रचार प्रसार र प्रबर्द्धन हुन सके सीता गुफा पनि ठूलो सम्भावना भएको एक महत्वपूर्ण पर्यटकीय गन्तव्य हुनसक्ने चाहिँ निश्चित रहेछ ।

घुन्चोक सौरपानी हुदै पाल्खु पुगेर रोकियौँ । जहाँ बारपाक सुलिकोट गा।पा।ले हाम्रो लागि खानाको व्यवस्था गरेको थियो । मेरो माइती गाउँको खाना १ अरूलाई त उस्तै लाग्यो होला तर मेरो लागि भने अनमोल स्वादको थियो । वरिपरि घुमेर हेरियो सूर्यज्योति स्कुल नजिकै बन्दै गरेको गाउँ पालिकाको भव्य भवन देख्दा लाग्थ्यो गाउँसम्म सिंहदरबार भनेको यही रहेछ १ बारपाक भन्दामाथि देखिका जनाताले पाउने अपायक सुविधा अनुमान लगाउन गाह्रो थिएन । तुवाँलो उस्तै थियो । ताकुकोट र सुलिकोटसम्म पनि देख्न सकिएन । गा।पा।हलमा छोटो परिचय सहितको दुई कविता प्रस्तुत भयो । स्थानीय प्रतिनिधि र यात्राका प्रतिनिधिहरूबाट सद्भावपूर्ण मन्तव्यहरू अभिव्यक्त भए । जनयुद्धका पहिलो सहिद शिक्षक गुणनीधि देबकोटा र आशाकाजी श्रेष्ठ सहित दस जना विद्यार्थीले सहादत गरेको स्कुल सूर्यज्योतिका तत्कालीन शिक्षक उदय देवकोटाबाट सूर्यज्योति देखि जनयुद्धको पहिलो सहिद दिल बहादुर रम्तेलसम्मका घटनालाई सटिकमा सम्झाउनु भयो । साह्रै सुन्दर र अर्थपूर्ण भयो कार्यक्रम। वर्षौँ पछि पुगेको म आफूले क ख चिनेको स्कुल टेक्नै थियो । हतार हतार गइयो सूर्यज्योतितर्फ । केही फोटा खिचियो र समायौँ गाडी । बाहाकोट कटे पछि मैलुङ देखिन्थ्यो । एकैछिन गाडि रोक्न भनेँ । अम्बिका जीले मैलुङलाई पृष्ठभूमि बनाएर फोटो लिइदिनु भयो । मैलुङ पनि तुवाँलोमै रूमलिरहेथ्यो । बढ्यौँ अगाडि । दिल बहादुर रम्तेलको स्मृतिमा बन्ने पार्क स्थल हेर्न एकै छिन ओर्लियौँ । योजना अल्लि अगि देखिकै भए पनि कामको शुरूवात केही रहेनछ । बुझ्ने बझाउने समय र व्यक्ति भएन । चढ्यौँ गाडी । गैरीछापबाट तल मामाली गाउँ नियाल्ने दुस्प्रयास गरेँ तर जित्यो तुवालोले । मामाघर जाने बाटो कटियो । घ्याम्पेसाल कटियो शहिदहरूको बञ्जारा गाउँ पारी तुवाँलो मै छोप्पिइरहेथ्यो । अन्जान विरही र शिव श्रेष्ठको गाउँ रिठ्ठेपानी पनि कटियो ।

नेपाल सरकारले पहिलो पटक घोषणा गरेको १९ वटा नमूना मा.वि. मध्ये एक गोरखाको पहिलो महेन्द्र मा।वि। कुन्दुनटारका प्रधानाध्यापक गोपाल मरहट्टाले साथीहरूको आवश्यकतालाई अन्तरबोध गरि दस मिनेट मात्रै भन्दै स्कुलमा भित्र्याउनु भयो । स्कुलका शिक्षक शिक्षिकाहरूले सद्भावकासाथ चिया बिस्कुटले स्वागत गर्नुभयो र चिया सकिँदा समय अभावका कारण स्कुल र शिक्षक शिक्षिकाहरूको सामान्य परिचय पनि सक्काइयो । ६ बज्दै थियो । आँबु खैरेनीबाट हामीले आ(आफ्नो जिल्ला तिरको बाटो समात्यौँ । कवि मित्रलाल पँगेनी र नर्मदा जी भोलि मात्रै आउने कुरा भयो र काठमाडौ आउने प्रा।डा। जगदीशचन्द्र भण्डारी, प्रा। डा। ताराकान्त पाण्डे, स्रस्टा शिला योगी र म यात्राको समीक्षा गर्दै आठ बजे उपत्यका आइपुग्यौँ ।

बारपाकमा घुम्दै गर्दा देख्न त ढुङ्गेधारामा भेडाको रौँ कुटिरहेका पनि देख्यौँ । ऊन कातीरहेका महिलाहरू पनि भेट्यौँ र आफ्नो भेषभुसामा रमाइलो गरिरहेका स्थानीयहरूको जमघट पनि हेर्यौँ तर मेरो मनमा भने विशेष गरेर घलेहरूको बाहुल्यता रहेको बाक्लो वस्ती र ठुल्ठुला चिल्ला ढुङ्गाले छाएको बारपाक लाप्राकको सौन्दर्यलाई कंक्रीटले विद्रुप पारेकामा नमीठो भाव अहिले पनि आइरहेछ ।

Facebook Comment

छुटाउनुभयो कि?