हेभी ल्यान्डिङको सूचना नदिने २ क्याप्टेन निलम्बित !

पर्यटन बजार२२ चैत्र २०७७, आईतवार मा प्रकाशित

हेभी ल्यान्डिङको सूचना नदिने  २ क्याप्टेन  निलम्बित !

चैत २२,काठमाडौं । जहाज हेभी ल्यान्डिङ गरेर पनि सुचना नदिएको भन्दै नेपाल वायुसेवा निगमले दुई जना क्याप्टेनलाई दुई महिनाको लागि निलम्बन गरेको छ । योसँगै उनिहरुको तीन वर्षसम्म तलब समेत बढ्ने छैन ।

महाप्रवन्धक डिमप्रकाश पौडेलले निगमले गठन गरेको कार्यदलको रिपोर्टका आधारमा उनिहरुलाई कार्वाही गरिएको जानकारी दिए । कार्वाही पर्नेमा क्याप्टेन महेशमान डंगोल र क्याप्टेन सुनील श्रेष्ठ रहेका छन् ।

उनिहरुले वाइडबडी ए३३० मकालु जहाज हेभी ल्यान्डिङ गरेका थिए । हेभी ल्यान्डिङ गरेर पनि सूचना नदिएको उनिहरुलाई आरोप छ ।

निगमले क्याप्टेन द्वय श्रेष्ठ र डंगोलले ८ जनवरीमा दोहाबाट काठमाडौं अवतरण गरेको जहाज हेभी ल्यान्डिङ भएको थियो। तर, पाइलटले नियमित फ्लाइट डाटा विश्लेषण कार्यक्रममा जानकारी दिएका थिएनन्।

Facebook Comment

छुटाउनुभयो कि?