फेरि देशभरि बढ्यो वायु प्रदुषण

पर्यटन बजार२३ चैत्र २०७७, सोमबार मा प्रकाशित

फेरि देशभरि बढ्यो वायु प्रदुषण

चैत्र २३,काठमाडौँ।देशभरि फेरि वायु प्रदुषण बढेको छ । बिहीबार साँझ परेको वर्षाले केही प्रदुषण घटे पनि आइतबारदेखि फेरि बढेको हो ।हाल मुलुकका धेरै जसो स्थानमा वायुमण्डल स्थिर अवस्थामा नै रहिरहेकाले प्रदूषणका कणहरु छरिन नपाई वायुमण्डलको तल्लो तहमै तैरिएका कारण असामान्य प्रकारको तुवाँलो लागेको हो ।

देशका अधिकांश जिल्लाका धेरै स्थानमा लागिरहेको डढेलोबाट सिर्जित धुवाँका कणहरु वायुमण्डलमा सञ्चित हुन गई असामान्य प्रकारको तुवाँलोको अवस्था आएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागको तथ्याङ्कअनुसार सोमबार बिहान सबैभन्दा धेरै वायु प्रदुषण धनगढीमा छ । धनगढी एयर क्वालिटी इन्डेक्स (एक्युआई) ४२९ पुगेको छ । चितवनमा एक्युआई ३९८ छ भने ललितपुरमा एक्युआई ३२५ छ ।

एक्वुआई १५० सम्म पुग्दा संवेदनशील समूहलाई अस्वस्थकर हुन्छ । २०० सम्म पुगे सबैका लागि अस्वस्थ हुन्छ । एक्वुआई ३०० पुग्नु भनेको जोखिमपूर्ण मानिन्छ । ३ सयभन्दा माथि जानु चाहिँ घातक हो ।

तुवाँलोका कारण आँखा पोल्ने र श्वासप्रश्वासमा समेत समस्या जस्ता स्वास्थ्यमा पर्ने नकारात्मक असरबाट बच्न आवश्यक कार्यबाहेक घरबाहिर ननिस्कन र निस्कनु परेमा मास्क लगाउन तथा आवश्यक सतर्कता अपनाउन विभागले सबैमा अुनरोध गरेको छ । दिउँसो थोरै घाम लागे पनि तुवाँलो पूरै हट्ने  विभागको अनुमान छ ।

वायु प्रदुषणले खतराको तह पार गरेपछि गत साता सरकारले तीन दिन देशभरका विद्यालय बन्द गरेको थियो । आइतबारदेखि विद्यालय फेरि खुले पनि प्रदुषण फेरि ह्वात्तै बढेको छ ।

वायु प्रदुषणले गर्दा काठमाडौं उपत्यकामा एक्कासि चिसो बढेको महसुस गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं उपत्यकको न्यूनतम तापक्रम ९.८ डिग्री सेल्सियस छ तर पनि मौसम सुक्खा भएका कारण चिसो बढेको हो ।देशका केही भु–भागमा पार्नी पर्ने सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गदौ महाशाखाले भनेको छ- ‘देशका पहाडी भू-भागमा आंशिक बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र बागमती प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जनरचट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।’

Facebook Comment

छुटाउनुभयो कि?