विशेषज्ञहरुले बताए वायु प्रदुषणबाट बच्न चार घरेलु उपायहरु

पर्यटन बजार२४ चैत्र २०७७, मंगलवार मा प्रकाशित

विशेषज्ञहरुले बताए वायु प्रदुषणबाट बच्न चार घरेलु उपायहरु

चैत २४ ,काठमाडौँ। पछिल्लो समय नेपालमा वायु प्रदुषण दैनिक रुपमा बढ्दै गएको छ । विशेष गरी काठमाडौंमा वायु प्रदुषणले बढी प्रभाव पारेको छ । वायु प्रदुषणले गर्दा मानिसको जनजीवन कष्टकर बन्दै गइरहेको छ । वायु प्रदुषणको कारण मानव स्वास्थ्यमा विभिन्न समस्याहरु आउने गर्दछ । तसर्थ यस्ता समस्याबाट बच्नको लागि आयुर्वेदिक वस्तुहरु प्रयोग गर्न सकिने विशेषज्ञहरुले बताएका छन् ।

यस्ता पर्कर छन् घरेलु उपायहरु।

बेसार- आधा चम्चा बेसारको धुलोमा एक चम्चा घ्यू वा मह मिसाएर बिहान बेलुका खाली पेटमा खाँदा पनि शरीर स्वस्थ हुन्छ । यसले शरीरमा भएका प्रदूषणलाई सफा गर्नमा सहयोग गर्छ ।

 घ्यु- घ्यु वायु प्रदुषणको समस्याबाट बच्नको लागि उपयोगी हुन्छ । बिहान नाकमा गाईको घ्यू दुई थोपा राख्नाले प्रदूषित कणहरू सफा हुन्छन् । दैनिक दुईदेखि तीन चम्चा घरमै बनाएको घ्यू सेवन गर्नु पनि फाइदाजनक हुन्छ । यसले सिसा र पारो जस्ता धातुको विषाक्त प्रभावलाई गायब गर्न सहयोग गर्छ ।

तुलसी– घरको आँगन वा घर वरिपरि तुलसी रोप्नु धार्मिक रुपमा मात्रै नभइ स्वास्थ्यका दृष्टिले पनि उपयोगी हुने विशेषज्ञहरु भनाइ रहेको छ । प्रत्येक घरमा तुलसी रोपेर पनि धुवाँधूलो नियन्त्रण गर्न सकिन्छ । यसबाहेक दैनिक १०–१५ मिलिलिटर तुलसी पत्ताको रस पिउन सके त्यसले श्वासप्रश्वास प्रक्रियालाई सहज बनाउँछ ।

निम– निमको पातलाई पानीमा उमालेर उक्त पानीले छाला धोए धुवाँ धूलोजन्य संक्रमणबाट बच्न सकिन्छ । यसले छालामा भएको धूलोका कण सफा पार्छ । हप्तामा कम्तीमा दुई देखि तीन पटक निमको पात ३ देखि ४ वटा खानु स्वस्थकर मानिन्छ । यसले रगत सफा गर्नमा मद्दत गर्छ ।

Facebook Comment

छुटाउनुभयो कि?