नेपालको हिमाल चढ्न ३०३ जनाले लिए अनुमति

पर्यटन बजार२६ चैत्र २०७७, बिहीबार मा प्रकाशित

नेपालको हिमाल चढ्न ३०३ जनाले लिए अनुमति

चैत २६ ,काठमाडौं।कोरोना महामारीका कारण लामै समय हिमाल आरोहण रोकिएको थियो। हाल भने अवस्था सुधार संगै हिमाल आरोहण खुलाइएको छ।

नेपालको हिमाल चढ्नलाई हालसम्म ३०३ जनाले अनुमति लिएका छन्। यो आरोही संख्याले सगरमाथासहित अन्य हिमाल चढ्न अनुमति लिएको हो।

पर्यटन विभागले हालसम्म ३७ वटा समूहले आरोहणको अनुमति लिएको बतायो। जसमध्ये १८ वटा समूह सर्वोच्च शिखर सगरमाथा चढ्ने छन्।

यस वर्ष हिमाल आरोहणबाट नेपाललाई २३ करोड रुपैयाँ रोयल्टी संकलन हुने विभागले बताएको छ।

Facebook Comment

छुटाउनुभयो कि?