‘यति सस्तो’ अफर’,पाेखरा यात्रा १५०० मै

पर्यटन बजार२६ चैत्र २०७७, बिहीबार मा प्रकाशित

‘यति सस्तो’ अफर’,पाेखरा यात्रा  १५०० मै

चैत २६ , काठमाडौँ। यति एअरलाइन्सले ‘यति सस्तो’ अफर’ ल्याएको छ । एअरलाइन्सले यात्रुकाे सुविधालाइ मध्यनजर गर्दैं ‘यति सस्तो’ अफर संचालनमा ल्याएकाे हाे ।

याे अफर चैत २६ गते देखि २८ गतेसम्म ३ दिनको लागि खुल्ला गरिएको छ । यति एअरलाइन्सकाे आन्तरिक उडानमा बिभिन्न उडानका लागि भाडादरमा छुट दिएको छ ।

याे अफर उपयाेग गर्न यति एअरलाइन्सको मोबाइल एपबाट टिकट खरिद गर्दा प्रोमो कोडको प्रयोग गरि सस्तो मूल्यमा टिकट पाउन सकिने छ । ‘यति सस्तो अफर’मा काठमाडाैं देखि बिराटनगरकाे टिकट शुल्क – २०००, काठमाडाैं देखि पाेखराकाे टिकट शुल्क १५०० ताेकिएकाे छ ।

यदि एप डाउनलोड गर्नुभएको छैन भने तलको लिंकमा क्लिक गरि अफर लिन सकिने छ ।

Playstore: t.ly/5neO

Appstore: t.ly/c1V8

Facebook Comment

छुटाउनुभयो कि?