पर्यटन बजार२७ चैत्र २०७७, शुक्रबार मा प्रकाशित
चैत २७ , काठमाडौँ। यसपालीको बसन्त ऋतुमा विश्व प्रशिद्ध संगीत सम्बन्धि पुरस्कार ग्रामी अवार्डमा गायक तथा गीतकारका रुपमा मनोनयनमा परेका माईक पोस्नर अहिले नेपालमा रहेका छन। उनि बिहीबार मात्र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट हेलिकप्टर सोलुखुम्बुतर्फ प्रस्थान गरेका थिए।
सन २०१९ मा आफ्नो बाबुको निधनपछि आफ्नो जीवनमा बोझ थपिएको महसुस गर्दै उनले आफ्नो यात्रा थालनी गरेका थिए। यदि आफू ग्रामी अवार्डमा मनोनयनमा परेको व्यक्ति नभएको भए जीवन कस्तो हुन्थ्यो भनि उनले अमेरिका बाहिर गएर आफनो यात्राको थालनी गरेका थिए।
उनले अमेरिकाको कोलोराडोस्थित रक्की माउण्टेन पार गरिसकेपछि आफ्नो जीवनको यात्रामा परिवर्तन पाएको महसुस गरेको उल्लेख गरेका छन।
त्यसपछि उनले विश्वको सर्वोच्च शिखर सगरमाथा चढने लक्ष्य राखेका छन। उनले आफ्नो यो अभियान आफ्ना दिवंगत बाबुप्रति समर्पित गरेका छन। उनका बाबु ४० वर्षसम्म अमेरिकाको डेटरोईटमा अपराधिक सुरक्षा सम्बन्धि वकालत गरेका थिए।
उनले आफ्नो सगरमाथा आरोहण अभियान डेटरोईट अपराधिक न्याय केन्द्र खोल्नका लागि रकम जुटाउने लक्ष्य राखेका छन।
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit