रात्रिकालीन व्यवसाय बन्द गर्ने सरकारको निर्णय स्वीकार्य छैन – महासचिव अधिकारी

पर्यटन बजार२७ चैत्र २०७७, शुक्रबार मा प्रकाशित

रात्रिकालीन व्यवसाय बन्द गर्ने सरकारको निर्णय स्वीकार्य छैन – महासचिव अधिकारी

चैत २७ , काठमाडौँ । कारोनाको जोखिम बढ्दै गएको भन्दै सरकारले रात्रीकालिन व्यवसाय बन्द गर्ने रणनीति बनाएपछि रात्रीकालिन व्यवसायीहरु चिन्तित साथै आक्रोसित बनेका छन् ।

करिव एक वर्ष ठप्प रहेको पर्यटन तथा रात्रीकालिन व्यवसायहरु क्रमिक रुपमा सुधारको बाटोमा अगाडी बढिरहेको सन्दर्भमा पुनः सरकारले व्यवसायमाथि रोक लगाउनु नहुने ठमेल पर्यटन विकास परिषद्का महासचिव धुब्र अधिकारीले बताएका छन् ।

सरकारले गरेको यो निर्णय एकदमै नराम्रो निर्णय बताउंदै उनले ठमेल परिषद्मा यसबारे पत्र न आइपुगेको बताएका छन्। रात्रिकालीन व्यवसाय ९ बजे बन्द भनेको छ । उनले भने “कोरोना के राती ९ बजे पछि मात्र लाग्ने हो ? दिउँसोको भिडभाड हुन्छ । राती लगभग मान्छे सबै सुतेका हुन्छन् । दिउँसो भन्दा राती भिडभाड कम हुन्छ । त्यसैले, दिउँसोभन्दा राती कोरोना फैलिने त्रास कम हुन्छ ।”

दिनभरि जतिसुकै भिडभाड गरे पनि छुट हुने तर राति काम गरेर खानेलाई बन्देज गरिएकोमा महासचिव अधिकारीले आक्रोश व्यक्त गर्दै सरकारले रात्रिकालीन व्यवसायसँग छलफल नै नगरी राति ९ बजेपछि व्यवसाय बन्द गराउन निर्देशन दिएको उनले बताए । राति ९ बजेदेखि मात्रै कोरोना सर्ने सरकारको सोचाइले आफूहरु अचम्भित भएका छौं । रात्रिकालीन व्यवसाय राति १० बजेदेखि सञ्चालन हुने हो । तर सरकारले राति ९ बजे नै बन्द गर्न भनेको छ ।’

स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले गत बुधवार ‘नेपाल हेल्थ कनक्लेभ २०२१’ को कार्यक्रममा बोल्दै कोभिड–१९ को रोकथामका लागि सरकारले लकडाउन नगर्ने बताए पनि रात्रिकालीन व्यवसायलाई बन्द गर्न आग्रह गरेर स्वास्थ्य मन्त्रालयले सूचना निकालेको छ ।

बुधबार जारी सूचनामा कोरोनाको नयाँ भेरियन्टका बिरामी संख्या बढ्दै गएकाले सर्वाजनिक यातायात र विद्यालयलगायत धेरै भिड हुने स्थानमा स्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गराउन आग्रह गरिएको छ । त्यस्तै, रात्रिकालिन व्यवसाय तथा रेष्टुरेन्ट राति ९ बजेपछि कडाइका साथ बन्द गराउन पनि मन्त्रालयले निर्देशन दिएको थियो ।

मन्त्रालयको सूचना जारी भएको भोलिपल्ट बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र गृहमन्त्रालयका सचिव, सहसचिवसहित उपत्यकाका तीनवटै जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर)का सीडीओ र पर्यटन बोर्डका सीईओ समेतको आकस्मिक बैठक बस्यो । यो आकस्मिक बैठकले स्वास्थ्य मन्त्रालयको सो सूचना बाध्यकारी नभएको ठहर गरेको छ । स्वास्थ्य मन्त्रालयको सूचना बाध्याबारी नहुने गृह प्रशासनको निणर्चयसँगै अब रात्रिकालीन व्यवसायमा लगाइएको प्रतिवन्ध फुकुवा भएको छ ।

Facebook Comment

छुटाउनुभयो कि?