एकातिर कोरोना अर्कोतिर बिस्का जात्रा  

पर्यटन बजार२९ चैत्र २०७७, आईतवार मा प्रकाशित

एकातिर कोरोना अर्कोतिर बिस्का जात्रा  

चैत २९ ,काठमाडौँ। कोरोनाभाइरस (कोभिड-१९) को त्रासलाई भुलेर भक्तपुरवासी बिस्काः जात्रामा रमाएका छन् । कोरोनाको जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालयले जात्रा स्थगित गर्ने निर्णय गरेको थियो । प्रशासनले नेवाः संस्कृतिमाथि हस्तक्षेप गरेको भन्दै स्थानीयले विरोध गरेपछि भक्तपुर नगरपालिकाले जात्रा गर्न पहल लियो भने सर्वोच्च अदालतले पनि २५ चैतमा बिस्काः जात्रा नरोक्न आन्तरिम आदेश दिएको थियो ।

शनिबार जात्राको पहिलो दिन भैरवनाथको रथ तान्दा स्थानीयवासीको उल्लेख्य उपस्थिति थियो । जात्रा गर्न पाउँदा खुसी देखिएका उनीहरुमा कोरोनाको त्रास कमै देखिन्थ्यो । हजारौंको भीडमा न भौतिक दूरी कायम गर्न सम्भव थियो, न सबैले मास्क नै लगाएका थिए ।

भक्तपुरमा शनिबारबाट सुरु भएको जात्रामा भैरवनाथको रथ तान्ने क्रममा करिब १९ जना घाइते भएका छन् । महानगरीय प्रहरी परिसर भक्तपुरकाले दिएको जानकारी अनुसार ठूलो भीडभाडसहित रथ तान्ने क्रममा पांग्राले किचेर जात्रामा सहभागी करिब डेढ दर्जन भन्दा बढी व्यक्ति घाइते भएका हुन्।

रथको माथि चढेकाहरु तल खसेर चक्कामा परेका थिए । प्रहरीका अनुसार घाइतेहरुको भक्तपुर अस्पताल लगायतमा उपचार भइरहेको छ ।

Facebook Comment

छुटाउनुभयो कि?