हनुमानको जन्मस्थानका विषयमा कर्नाटक र आन्ध्र प्रदेशबीच विवाद

पर्यटन बजार३० चैत्र २०७७, सोमबार मा प्रकाशित

हनुमानको जन्मस्थानका विषयमा कर्नाटक र आन्ध्र प्रदेशबीच विवाद

चैत ३०, काठमाडौँ।भारतका दुई राज्य कर्नाटक र आन्ध्र प्रदेशले भगवान् हनुमानको जन्म आफ्नो भूमिमा भएको भनी विवाद गरेका छन् । कर्नाटकले यसअघि अनेगुन्डी नजिकको किष्किन्धामा रहेको अञ्जनाद्रीमा हनुमानको जन्म भएको बताउने गरेकोमा कर्नाटककै शिवमोग्गाका एक धर्मगुरुले उत्तर कन्नडाको गोकर्णमा हनुमान जन्मिएको दाबी गरेका छन् । आन्ध्र प्रदेशले तिरुपतिका सातमध्ये एक डाँडोमा हनुमान जन्मभूमि भएको दाबी गरेको छ । 

राघवेश्वर भारती शिवमोग्गाको रामचन्द्रपुर मठका प्रमुख हुन् र उनले रामायणलाई उद्धृत गर्दै बताएअनुसार, हनुमानले सीतामातालाई आफू समुद्रछेउमा रहेको गोकर्णमा जन्मेको बताउनुभयो ।रामायणको प्रमाणको आधारमा हेर्दा गोकर्ण हनुमानको जन्मभूमि अनि किष्किन्धा कर्मभूमि हो भन्ने देखिन्छ,’ उनले बताए । 

तिरुमल तिरुपति देवस्थानमले गठन गरेको विज्ञ टोलीले अप्रिल २१ मा यसको अध्ययन प्रतिवेदन पेश गर्दैछ । टोलीमा वैदिक विद्वान्, पुरातत्त्ववेत्ता र इसरोका एक वैज्ञानिक समेत छन् । तिरुपतिको अञ्जनाद्रीमा हनुमानको जन्म भएको मिथकीय तथा पुरातात्त्विक प्रमाण हामीसँग छ,’ ट्रस्ट बोर्डका प्रमुख केएस जवाहर रेड्डीले बताए । 

कर्नाटकले किष्किन्धाको अञ्जनाद्रीलाई हनुमानको जन्मभूमिका रूपमा घोषणा गर्ने परियोजना शुरू गरेको छ । किष्किन्धाका डाँडाहरूसँग जोडिएको हम्पीका बारेमा रामायाणमा प्रसंग आउँछ । त्यहाँ भगवान् रमा र लक्ष्मणले हनुमानलाई भेटेको वर्णन छ । 

Facebook Comment

छुटाउनुभयो कि?