होमस्टेको हब जेफालेको मनमोहक सुन्दरता

पर्यटन बजार३ बैशाख २०७८, शुक्रबार मा प्रकाशित

होमस्टेको हब जेफालेको मनमोहक सुन्दरता

बैसाख ३ ,मोरङ। जेफाले उत्तरी मोरङ धनकुटासँग कुम जोडेर उभिएको सुन्दर पर्यटन गन्तव्य हो । केराबारी गाँउपालीकाको सिंहदेवीमा रहेको जेफाले चिनिएको धेरै भएको छैन ।

आधा दशक हाराहारी मात्रै भएको छ । केराबारीबाट २४ किलोमिटर र भेडेटारबाट ३६ किलोमिटर सडक दुरीमा रहेको जेफाले होमस्टेमा धेरै चिनिएको नाम हो ।

इटहरीबाट केराबारी हुँदै दुई पाङ्ग्रे र फोरविल गाडिबाट साढे दुई घण्टामा पुगिने जेफाले धरान, भेडेटार, ध्वजेडाँडा, राजारानी हुँदै पुग्न पाँच घण्टा लाग्छ । समुन्द्र सतहबाट १८ सय मिटरमा रहेको जेफाले भेडेटार भन्दा अग्लो छ । जेफालेमा एक हजार पचास रुपैयाँमा दुई छाक खाना नास्ता सहित होमस्टे बस्न सकिन्छ ।

२०७४ जेठ ४ बाट औपचारिक रूपमा पर्यटन कार्यालयमा दर्ता भएर होमस्टे सञ्चालन भएको जेफालेमा अहिले ८ वटा होमस्टे दर्ता भएका छन् । बाँकी दुई घरले पनि दर्ता प्रक्रिया अगाडि बढाएको बताउँछन् जेफाले सामुदायिक होमस्टे समितिका अध्यक्ष युवराज खड्का ।

जेफालेको होमस्टेसँगै अर्को महत्त्वपूर्ण आकर्षण जेफाले भ्यू टावर हो । १९७० मिटर उचाइमा रहेको टावरबाट खुल्ला आकाश भएको समयमा हिमाल पाहाड तराई सबै देखिन्छ । सूर्योदय र सूर्यास्तलाई पनि टावर अझ राम्रो लोकेसन हो । तीस रुपैयाँ शुल्कमा टावर प्रवेश गर्न पाइन्छ ।

जेफाले गएपछि छुट्न नहुने अर्को आसपासको आकर्षण मातृभूमि चिया बगान हो । करिब ८ सय रोपनी क्षेत्रफलमा फैलिएको चिया बगानले कन्यामको झल्को दिन्छ । २०५६ मा सुरु भएको बगान धेरै सुन्दर छ । बगान भित्रै होमस्टे सुविधा समेत सञ्चालन गरेका छन् सञ्चालक नारायणप्रसाद राईले ।

जेफाले होटल नभएको , होमस्टे मात्रै हुने एक दुर्लभ गन्तव्य पनि हो ।

Facebook Comment

छुटाउनुभयो कि?