गोल्मेश्वर महादेव , जहाँ अनिष्ट हुन लाग्दा घोडाले दिन्छ संकेत

पर्यटन बजार३ बैशाख २०७८, शुक्रबार मा प्रकाशित

गोल्मेश्वर महादेव , जहाँ अनिष्ट हुन लाग्दा घोडाले दिन्छ संकेत

वैशाख ३ , काठमाडौँ। इन्द्रावती नदीको काखमा प्राकृतिक मनोरम संरचना सहित उच्च पहाडी क्षेत्रमा अवस्थित छ इन्द्रावती गाउँपालिका । यस गाउँपालिका प्राकृतिक , सांस्कृतिक र धार्मिक हिसाबले अत्यन्तै सुन्दर र धनी रहेको छ। इन्द्रावतीमा पर्यटकलाई आकर्षण गर्न सक्ने धेरै गन्तव्यहरू रहेका छन् तर प्राय सबै नै छाया मा रहेका छन्। 

आज हामी यही गाउँपालिकाको एक धार्मिक स्थलको बारेमा चर्चा गर्न गइरहेका  छौँ। त्यो स्थान हो इन्द्रावती गाउँपालिका  वडा नम्बर १० मा रहेको गोल्मेश्वर महादेवको मन्दिर।  यस मन्दिर परिसर मा हरेक वर्ष औँसीमा पूजा गरिन्छ भने  ,पुसमा र  जेठ पूर्णिमामा जात्रा हुने गर्दछ। त्यस्तै बर्सेनि यहाँ सबै स्थानिवासिको घरमा रुद्री पूजा गर्ने समेत यहाँको प्रचलन छ। 

स्थानीयवासी केशर बहादुर घिमिरेका अनुसार यहाँको महादेवस्थानको डाँडा र पारीपट्टिको अर्को डाँडा बिच राणाकालमा युद्ध हुने गर्दथ्यो। यस मन्दिरको इतिहास पनि राणाकालीन सेनापति सँग जोडिएको घिमिरेले बताए। 

राणाकालीन सरकारका सेनापति महावीर थापाले एक रात सपना देखे , सपनामा उनलाई हाल मन्दिर भएको स्थानमा खनेर हेर्न र मन्दिर स्थापना गर्न भनियो। सोही अनुसार महावीर थापाले त्यस स्थानको खनेर हेरे नभन्दै त्यहाँ शिला भेटियो। त्यसपछि उनी थापाको पहलमा गोल्मेस्वर महादेवको स्थापना गरी पूजाआजा सुरु गरियो। 

यस गाउँमा कुनै दुर्घटना , महामारी  र कुनै अप्रिय घटना घट्दैछ भने यही मन्दिरबाट एउटा सेतो घोडा निस्केर ज्वालामुखी  बुढी चौर, विन्दवासिनी, रानी ओडारमा घुम्दै घण्टी बजाउने गर्दछ । यस्तो गतिविधि थाहा पाउन साथ यस गाउँका मानिसहरू सचेत रहने गरेको घिमिरेले बताए। 

गोल्मेस्वर महादेवले सबैको इच्छा , मनोकामना पुरा गरिदिने यहाँका मानिसहरूको विश्वास रहेको छ। कोरोना महामारीको समयमा कोरोना भगाउने तथा कोरोनाबाट जोगाउन पूजा लगाएको र यहाँका कोही मानिसले कोरोनाको महामारीबाट  ग्रसित हुनुपरेन।   

त्यति मात्र होइन पछि फेरी यहाँका पुजारीको सपनामा आएर उत्खनन गरी हेर्न भनेपछि फेरि खनेर हेर्दा अर्को पनि  शीला भेटिएको स्थानीय घिमिरेले जानकारी गराए  हाल भने ती शिलाहरूलाई एकै ठाउँमा थापना गरेर मन्दिर निर्माण गरिएको छ । यस मन्दिरको अर्को खासियत के छ भने यहाँ बलि दिईदैन  बरु गाइको दूध ल्याएर चढाइन्छ। 

यस मन्दिरको निर्माण कार्य लगभग सकिएको छ अब गजुर हाल्न र रंगरोगन गर्न बाँकी छ यो काम पछि यस परिसरमा ढुङ्गा छापेर , भक्तजन लाई बस्न सहज बनाउने योजना सहित कुर्सि राख्ने योजना रहेको उनले बताए। 

Facebook Comment

छुटाउनुभयो कि?