गणेश हिमाल पर्यटन विकासमा नयाँ नेतृत्व

पर्यटन बजार५ बैशाख २०७८, आईतवार मा प्रकाशित

गणेश हिमाल पर्यटन विकासमा नयाँ नेतृत्व


बैसाख ५ ,काठमाडौँ। गणेश हिमाल पर्यटन विकास समितिको अध्यक्षमा रंकेश गुरुङ (तामाङ) निर्वाचित भएका छन् ।राजधानीमा भएको साधारण सभाले गुरुङको नेतृत्वमा २५ जनाको कार्यसमिति चयन गरेको हो ।शनिबार सम्पन्न नवौं वार्षिक साधारणसभाले सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो।

समितिको टेकबहादुर खकुरेल, प्रथम उपाध्यक्षमा राजेन्द्रप्रसाद सुवेदी, द्वितीय उपाध्यक्षमा दलबहादुर गुरुङ, महासचिवमा चन्द्रबहादुर गुरुङ, सचिवमा सुक लामा तामाङ, कोषाध्यक्षमा टेकबहादुर गुरुङ, सहकोषाध्यक्षमा रिता अधिकारी निर्वाचित भएका छन् ।

कार्यसमितिमा १७ जना सदस्यहरु पनि सर्वसम्मत रुपमा चयन गरिएको हो ।कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कंडेलले समग्र धादिङ जिल्लालाई पर्यटनमैत्री वातावरण बनाउनुपर्ने बताए । यसका लागि आफुले सक्दो पहल गरिरहेको बताए ।

कार्यक्रममा संघिय सभासद खेम लोहनी, उद्योग पर्यटन तथा वातावरण समितिकी सभापति माननीय रमा आले मगर, प्रदेश सभासद जगत सिंखडा, पूर्व पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री पर्शुराम तामाङ, पर्यटन बोर्डको उपाध्यक्ष चन्द्र रिजाल लगायत विभिन्न संघसंस्थाका पदाधिकारीहरु र बरिष्ठ पर्यटन व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा गणेश हिमाल पर्यटन विकास समितिका संस्थापक अध्यक्ष कुलबहादुर गुरुङ र निर्वतमान अध्यक्ष तेज बहादुर गुरुङले समग्र धादिङ जिल्लाको पर्यटन पूर्वधार र समितिको काम कर्तव्यबारे विस्तृत जानकारी दिए ।

Facebook Comment

छुटाउनुभयो कि?