सिन्दूर जात्रामा रंगियो भक्तपुर

पर्यटन बजार५ बैशाख २०७८, आईतवार मा प्रकाशित

सिन्दूर जात्रामा रंगियो भक्तपुर

बैसाख ४,काठमाडौँ।कोरोना संक्रमणको जोखिमका बावजुद प्रत्येक वर्ष नयाँ वर्षको शुरूआतजस्तै यो वर्ष पनि जात्रामा भीड देखियो ।मध्यपुर थिमिमा बिस्का जात्राका क्रममा बिहीबार बालकुमारी, विष्णुवीर, सिद्दिकालीलगायको ३२ खट बालकुमारी परिसरमा जात्रा गर्दै जात्रालु ।

बिहानैदेखि मध्यपुरथिमिको टोल टोलबाट विभिन्न देवताहरुको मूर्तिलाई खटमा विराजमान गराई खट बोकेर सिन्दूर खेल्दै पूजाआजाका साथ यो जात्रा मनाइएको हो। जात्राको दिन जात्रालु एकआपमा अबिर छर्काएर रमाउने गर्दछन ।

थिमिमा मात्र मनाईने यो जात्रामा एकअर्कामा सिन्दूर दलेर धिमे लगायतका स्थानीय बाजामा नाच्दै हातहातमा चिराग बालेर खट बोकी बालकुमारीमा भव्य रुपमा मनाउने परम्परा छ।

Facebook Comment

छुटाउनुभयो कि?