अनलाइनबाटै हजारौलाई फिट गराउदै ‘द ब्यायामशाला’!

पर्यटन बजार५ बैशाख २०७८, आईतवार मा प्रकाशित

अनलाइनबाटै हजारौलाई फिट गराउदै ‘द ब्यायामशाला’!

वैशाख ५, काठमाण्डौ। हिजोआज मान्छेहरू आफ्नो ज्यानलाई लिएर निकै तनावमा देखिन्छन्। मोटाएको, दुब्लाएको, हृष्टपुष्ट नभएको, बलियो नभएको भन्दै मान्छेहरू यसको समाधानका लागि विभिन्न उपायहरू खोजिरहेका देखिन्छन्।

त्यसैकारण, जिम सेन्टरहरु मात्र नभएर अनलाइन फिटनेसको महत्व पनि उत्तिकै बढिरहेको छ । त्यतिमात्र हैन, सहरमा जिम सेन्टर खुल्ने क्रम पनि तीप्र छ।

पछिल्लो पटकको लकडाउन बाट विदेशमा रहेका नेपाली हरुलाई वजन घटाउने उदेश्यले अनलाइन ट्रेनिंगको सुरुवात गरेको द ब्यायामशालाले हंगकंग, अमेरिका, अस्ट्रेलिया, इजराइल, क्यानाडामा सेवा प्रदान गरिरहेको छ।

न्युन सामाग्रीको सहायताले लाइभ भिडिओ मार्फत मार्गनिर्देशन प्रदान गर्दै, ग्राहकले इछ्याएको खानेकुरालाइ मध्यनजर गरि डाइट-प्लान बनाउदै, वहाँहरुलाई पायक पर्ने समय तोकी ब्यायाम गराएर झन्डै १ दर्जन ग्राहकको फिटनेस गोल प्राप्त गरेको छ।

शरीरलाई स्वस्थ राख्न व्यायाम गर्नुपर्ने डाक्टरहरूले सल्लाह दिन थालेका छन्। यसले पनि लकडाउनमा राम्रो बिकल्प (द ब्यायामशाला) अनलाइन फिटनेस हुदा मान्छेहरूको उपस्थिति बाक्लिन थालेको छ।

दैनिक व्यायामले शरीरलाई तन्दुरुस्त बनाउने धेरैको आस हुन्छ। अर्काेतिर, शरीरलाई सुगठित बनाउन पनि मान्छेहरू अनलाइनबाटै भएपनि आफ्नो दैनिक व्यायामलाई निरन्तरता दिईरहेका हुन सक्ने संचालक बताउछन्।

Facebook Comment

छुटाउनुभयो कि?