नीलकण्ठ विराजमान तीर्थस्थल गोसाइँकुण्डमा शिवको मूर्ति राखिने

पर्यटन बजार८ बैशाख २०७८, बुधबार मा प्रकाशित

नीलकण्ठ विराजमान तीर्थस्थल गोसाइँकुण्डमा शिवको मूर्ति राखिने

बैशाख ८ ,काठमाडौँ । चर्चित धार्मिक तथा पर्यावरणीय पर्यटकीय गन्तव्य गोसाइँकुण्डमा शिवको मूर्ति राखिने भएको छ । प्रदेशका भौतिक तथा पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले नीलकण्ठ विराजमान तीर्थस्थल गोसाइँकुण्डमा वाग्मती २७ फिट अग्लो मूर्ति प्रतिस्थापन गर्ने गृहकार्य अगाडि बढेको बताएका हुन् ।

छब्बीसौँ वन्यजन्तु सप्ताहअन्तर्गत गोसाइँकुण्ड गाउँपालिकाले धुञ्चेमा आयोजना गरेको साताव्यापी पालिका अध्यक्ष कप फुटबल तथा भलिबल प्रतियोगिताको समापनका अवसरमा बोल्दै मन्त्री फुयाँलले गृहकार्य अगाडि बढेको बताए ।

तीर्थको पश्चिमतर्फ अमरसिंह थापाले शहादत प्राप्त गरेको स्थानमा पनि अमर शालिक राख्न बोलपत्र प्रक्रिया अगाडि बढेको बताइएको छ ।

धुञ्चे–गोसाइँकुण्ड केबलकार निर्माणका लागि गोसाइँकुण्ड गाउँपालिकाले चालेको कदम र वातावरण विज्ञले तयार पारेको कार्यविधि बारे प्राकृतिक सम्पदाको संरक्षणको अध्ययन गरी कार्यविधि स्वीकृत हुने बताइएको छ ।

Facebook Comment

छुटाउनुभयो कि?