पशुपतिनाथमा सर्वसाधारणले गर्ने पूजा र दर्शनमा पुन : रोक

पर्यटन बजार९ बैशाख २०७८, बिहीबार मा प्रकाशित

पशुपतिनाथमा सर्वसाधारणले गर्ने पूजा र दर्शनमा पुन : रोक

बैशाख ९ ,काठमाडौं। नयाँ प्रकार (भेरियन्ट)को कोरोना भाइरस (कोभिड १९) संक्रमण बढ्दै गएपछि पशुपतिनाथमा सर्वसाधारणले गर्ने पूजा र दर्शनमा पुन : रोक लगाइएको छ ।

पशुपति क्षेत्र विकास कोषले वैशाख १० गते (शुक्रबार)देखि लागू हुने गरी पशुपतिनाथसहितका मन्दिरमा नित्य पूजा बाहेक अन्य क्रियाकलाप गर्न नपाउने गरी व्यवस्था मिलाइएको जनाएको छ ।

कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले बिहीबार ‘जरुरी सूचना’ जारी गर्दै नेपाल सरकारले जारी गरेको आदेशानुसार शुक्रबारदेखि अर्को व्यवस्था नभएसम्मका लागि पशुपतिनाथको मन्दिर, गुह्येश्वरी मन्दिर लगायतका मन्दिरमा नित्य पूजा बाहेक अन्य क्रियाकलाप गर्न नपाउने गरी व्यवस्था मिलाइएको जानकारी दिएका छन् ।

Facebook Comment

छुटाउनुभयो कि?