बौद्ध स्थित “होटेल मण्डला”को भव्य उद्घाटन

पर्यटन बजार९ बैशाख २०७८, बिहीबार मा प्रकाशित

बौद्ध स्थित “होटेल मण्डला”को भव्य उद्घाटन

वैशाख ९ , काठमाडौँ। बौद्ध स्थित होटेल मण्डलाको भव्य उद्घाटन भएको छ । २२ ओटा विभिन्न स्तरका कोठाहरू रहेको यस होटेलको पुनः उद्घाटन गरिएको हो। 

होटेल मण्डलामा कोरोना महामारीलाई  मध्यनजर गर्दै आवश्यक सुरक्षा र दुरी कायम , गरी  रिबन काटेर कार्यक्रमको सुरुवात गरिएको थियो । १० वर्ष देखि बौद्ध मा सञ्चालित यस होटेललाई नयाँ  टिम ले लिएपछि पुन उद्घाटन गरिएको हो। 

होटेलका सञ्चालक सिमिजु तेञ्जिङ्गले कोभिडका कारण करिब एक वर्ष सम्म बन्द रहेको मण्डला लाई पुन सञ्चालनमा ल्याउन पाउँदा अत्यन्त खुसी लागेको बताए। बौद्ध जस्तो पवित्र धार्मिक स्थलको छेउ र त्रिभुवन अन्तर्राष्ट्रिय एयरपोर्टबाट  ४ किलोमिटर अर्थात् अत्यन्तै कम  दुरीको स्थानमा होटेल सञ्चालन गर्न पाउँदा आनन्द लागेको उनले बताए। 

लामो समय जापानमा बसोबास गर्दै आएका जापानी नागरिक तेञ्जिङ्गले आफ्नै नेपालमा लगानी  गरी नेपाल भ्रमणमा आएका पर्यटकलाई उचित सेवा सुविधा प्रदान गर्ने लक्ष्य अनुरूप होटेल , स्पा लगायतमा हात हालेको बताए। 

यस होटेल बाट काठमाडौँ वरिपरि रहेको बौद्ध , पशुपतिनाथ ,गोकर्ण , शाली नदी, कपन गुम्बा  लगायतका  विभिन्न स्थानमा सहजै पुग्न सकिन्छ। मण्डलाको अर्को राम्रो पक्ष भनेको सुन्दर वातावरण पनि हो , जहाँ बसेर शान्तिका प्रतीक गौतम बुद्ध लाई  फरक फरक समयमा फरक फरक तरिकाले अवलोकन गर्दै आनन्द प्राप्त गर्नु हो भने काठमाडौँ सहर को रङ्गिन वातावरणको मजा लिनु हो। 

कार्यक्रममा भोइस अफ नेपालका उद्घोषक शुसिल नेपाल , प्रहरी , मानब अधिकारकर्मी , समाजसेवी लगायतको उपस्थिति रहेको थियो।

Facebook Comment

छुटाउनुभयो कि?