पर्यटकको रोजाइमा काजी कालु पाँडे समाधिस्थल 

पर्यटन बजार१२ बैशाख २०७८, आईतवार मा प्रकाशित

पर्यटकको रोजाइमा काजी कालु पाँडे समाधिस्थल 

बैशाख १२ ,काठमाडौँ। नेपालको इतिहासमा धेरै बिर योद्धाले युद्ध मा आफुलाई नै समाहित गरे र इतिहास का पानामा सुनौला अक्षरले कहिले नमेटिने नाम लेखेर बिदा भए। ति योद्धा को सम्झना स्वरुप र इच्छा अनुसार समाधिस्थल पनि नेपालमा बनाइएको छ। हाल हाम्रा इतिहासका योद्धा को बारेमा जान्न चाहाने मानिसहरु ति स्थलका भ्रमण समेत गर्न थालेका छन्।

सोहिक्रम्मा २२/२४ राज्य एकीकरणमा कीर्तिपुरको दोस्रो युद्धमा बीरगति प्राप्त गरेका काजी कालु पाँडेको समाधिस्थलको भ्रमण गर्ने सर्वसाधारण को संख्या पनि दिनानुदिन बढ्दो छ। चन्द्रागिरी नगरपालिका वडा नं १ इन्द्रदह स्थित बिर काजी कालु पांडे को समाधिस्थल रहेको छ।

काजी कालु पाँडे मूर्ति स्थापना गरेको स्थानमा पछिल्लो समय आन्तरिक पर्यटकहरुको चहल पहल बढ्न थालेको छ । मानिसहरु शहर भन्दा परको क्षेत्र घुम्न जाने प्रचलन बढदो छ। दिनमा ५००० हजार भन्दा बढि मानिसहरुको आवतजावत हुने गरेको स्थानीय बासिन्दा बताउँछन् ।

काजी कालु पाँडे समाधिस्थल १८१४ सालमा बल्खु खोलामा नेपाल एकीकरण अभियानमा रहेका पृथ्वीनारायण शाहले किर्तिपुरमाथि आक्रमण गरे। दहचोक गोर्खाली सेनाले कीर्तिपुर माथि आक्रमण गर्यो। गोर्खाली सेनाले तीन थाना तिरबाट आक्रमण गर्दा बल्खु खोलाको तीरमा काटाकाट चल्यो र गोर्खालीहरुको सेनानायक कालु पाँडे त्यही युद्धमा मारिएका थिए ।

यस स्थानमा राष्ट्र निर्माता पृथ्वी नारायण शाहले काठमाण्डौ उपत्यकामा आक्रमण गर्नु अगाडि शक्ति पीठको रुपमा स्थापना गरेको मनकामना मन्दिर काजी कालु पाँडेको समाधिस्थल ,भ्यू टावर, प्राचीन गढी, धौलागिरी, अन्नपूर्ण, मनास्लु, गणेश, लाङटाङ, गौरी शङ्कर, लगायत हिमाल यहाँबाट छर्लङ्ग देख्न सकिन्छ।

किर्तिपुरको लडाइँ
१८१४ साल स्थान : बल्खुखोलामा नेपाल एकीकरण अभियानमा रहेका पृथ्वीनारायण शाहले कीर्तिपुरमाथि आक्रमण गरे । घमासान कीर्तिपुर युद्ध भयो ।

दहचोकबाट गोर्खाली सेनाले कीर्तिपुर माथि आक्रमण गर्यो। गोर्खा राज्यका तर्फबाट करिब १२ सय सैनिकले कीर्तिपुरमाथि धावा बोलेका थिए, आक्रमण गरेका थिए । पृथ्वीनारायण शाह आफैँ आक्रमणको कमान्ड गरिरहेका थिए । सानो राज्य कीर्तिपुर करिब तीन सय मात्र सेनाको भरमा प्रतिकार गरिरहेको थियो । त्यसो त कीर्तिपुर एक्लैसँग त्यति सेना थिएनन् । उसले काठमाडौँ, ललितपुर र भक्तपुरसँग सैन्य सहयोग मागेर प्रतिकारमा उत्रिएको थियो ।

गोर्खाली सेनाले तीनथानातिरबाट आक्रमण गर्दा बल्खु खोलाको तीरमा काटाकाट चल्यो। गोरखालीहरूका सेनानायक कालू पाँडे त्यहीँ युद्धमा काटिए।

दुई पक्षबीच घमासान युद्ध भयो । युद्ध करिब ६ घन्टा चल्यो । धेरै गोरखाली सैनिकको मृत्यु भयो । पृथ्वीनारायण शाह स्वयं कीर्तिपुरवासीको कब्जामा परे । तर, राजवध गर्न नहुने नैतिक नियमका कारण मात्र उनी बाँचेर मुक्त भएका थिए । सो युद्धमा गोर्खाली सेनाका सेनानायक कालु पाण्डे मारिए ।

काजी कालु पाँडे ले कीर्तिपुर युद्धमा यदि म मरे मेरो शिर गोर्खापट्टी फर्काएर अन्तेष्टि गरिदिनु भनेका थिए। सोही अनुसार उहाँको अन्तेष्टि त्यही स्थानमा भएको थियो। त्यसैले यस स्थान काजी कालु पाँडेको समाधिस्थलको रूपमा प्रसिद्ध छ।

कसरी पुग्ने :काठमाडौँ को रत्नपार्क बाट  करिब १५ किलोमिटर को दुरीमा रहेको यस समाधिस्थलमा पुग्न करिब ४५ मिनेट देखि १ घण्टा सम्मको यात्रा तय गर्नुपर्ने हुन्छ। आफ्नै साधन मोटरसाइकल , कार वा ट्याक्सी भए समाधिस्थल सम्मै पुग्न सकिन्छ भने नागढुंगा बाट बसहरु पनि पाउन सकिन्छ। 

हाइकिङ : यदि तपाई  पदयात्रा गर्न रुचाउनु हुन्छ भने नागढुंगा सम्म बस यात्रा गरि ५ देखि ६ घण्टा मा समाधिस्थल पुग्न सकिन्छ। समाधिस्थल संगै स्विजरल्यान्ड पार्क , बन्दै गरेको दहचोक भ्यु टावर को पनि अवलोकन गर्न सकिन्छ।  त्यस्तै साइकलिङ गरेर पनि यस स्थानमा पुगेर मनोरञ्जन लिन सकिन्छ।  

Facebook Comment

छुटाउनुभयो कि?