काठमाडौं उपत्यकामा १५ गतेदेखि निषेधाज्ञाको तयारी

पर्यटन बजार१३ बैशाख २०७८, सोमबार मा प्रकाशित

काठमाडौं उपत्यकामा १५ गतेदेखि निषेधाज्ञाको तयारी

वैशाख १३,काठमाडौं– कोरोना संक्रमणको ग्राफ उकालो लागेसँगै जोखिम उच्च बनेपछि काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा वैशाख १५ गतेदेखि निषेधाज्ञा जारी गर्ने तयारी भएको छ।

कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को आइतबारको बैठकले मन्त्रिपरिषद्लाई सिफारिस गरेअनुसार उपत्यकाका काठमाडाैं, ललितपुर र भक्तपुरमा निषेधाज्ञा जारी हुन लागेको हो।

संक्रमण जोखिम बढेका जिल्लामा बैशाख १५ गतेदेखि निषेधाज्ञा गर्न सीसीएमसीले मन्त्रिपरिषद्लाई सिफारिस गरेको थियो।

Facebook Comment

छुटाउनुभयो कि?