बर्दियामा १ हप्ताका लागि निषेधाज्ञा जारी

पर्यटन बजार१३ बैशाख २०७८, सोमबार मा प्रकाशित

बर्दियामा १ हप्ताका लागि निषेधाज्ञा जारी

बैशाख १३ ,काठमाडौँ। बाँकेमा कोरोना भाइरस संक्रमण दिनहुँ बढ्दै गएपछि जोखिम कम गर्न बर्दियामा १ हप्ताका लागि निषेधाज्ञा जारी गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय बर्दियामा बसेको बैठकले कोरोना भाइरसको जोखिम कम गर्न आज सोमवार राति १२ बजेदेखि लागू हुने गरी वैशाख १९ गतेसम्म निषेधाज्ञा जारी गरिएको हो । निषेधाज्ञा अवधिभर स्वास्थ्यका मापदण्ड पालना गरी अत्यावश्यक सेवा तथा विकास निर्माणबाहेक सम्पूर्ण सेवा र कार्यमा प्रतिबन्ध लगाइएको प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले बताए ।

दोस्रो चरणको कोरोना संक्रमणको अवस्था भयावह बन्न थालेपछि कर्णाली प्रदेशको राजधानी सुर्खेतमा १ हप्तासम्म निषेधाज्ञा जारी हुने भएको छ । कोरोना संक्रमण तीव्र बन्दै गएका अवस्थालाई ध्यानमा राखी जिल्ला कोभिड–१९ विपद् व्यवस्थापन केन्द्रको आज सोमवार बसेको बैठकले १ हप्ताका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

वैशाख १४ गते राति १२ बजेदेखि १ हप्तासम्म निषेधाज्ञा जारी हुनेछ । नागरिकको भीड कम गरी संक्रमण फैलन नदिन निषेधाज्ञा जारी गरिएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताए ।

अत्यावश्यकीय सेवा प्रवाहका लागि खानेपानी, विद्युत्, बंक तथा वित्तिय क्षेत्रमा सुरक्षा मापदण्ड पालना गर्दै सेवा प्रवाह गर्न प्रशासनले निर्देशन दिएको छ ।

संक्रमितको शीघ्र उपचारका लागि प्रदेश अस्पताललाई तयारी हुन निर्देशन दिइएको र सुर्खेतमा आइसोलेसन निर्माणको पहल भइरहेको छ । भारतबाट आउने कर्णालीका नागरिकलाई सीमा नाकामा जाँच गर्ने र गम्भीर खालका संक्रमितलाई बाँकेमै उपचार गर्ने गरी पहल भइरहेको सहायक प्रजिअ रोमबहादुर महतले जानकारी दिए ।

Facebook Comment

छुटाउनुभयो कि?