२ महिनामा २२ पर्यटकको रेस्क्यु – पर्यटक प्रहरी

पर्यटन बजार१३ बैशाख २०७८, सोमबार मा प्रकाशित

२ महिनामा २२ पर्यटकको रेस्क्यु – पर्यटक प्रहरी

वैशाख १३ ,काठमाडौँ। पछिल्लो २ महिनामा हिमाल आरोहण  गर्ने २२ पर्यटकलाई  उद्धार गरिएको छ। धवलागिरि , सगरमाथा लगायतका स्थान बाट विभिन्न देशका २२ जनाको रेस्क्यु गरी उद्धार गरिएको हो। 

यस सिजन हिमाल यात्राका लागि सहज र राम्रो मानिन्छ , एकातिर कोभिडलाई पछि पार्दै हिमाल आरोहणमा निस्किएका २२ जनाको उद्धार गरी ल्याइएको पर्यटन प्रहरीका इकाई इन्चार्ज चन्द्र कुमार शाहले जानकारी दिए।  ” नेपालका हिमाल प्रतिको मायाले टाढाबाट आरोहणका लागि आएका २२ को हाई अल्टिच्युडका कारण बिरामी पर्दा उद्धार गरेर ल्याइएको हो ” उनले भने। 

पर्यटकको सुरक्षित यात्रा र समस्या  दुबैमा  हामीले एकदमै ध्यान दिने गरेका छौँ , कोरोनाबाट पनि जोगिनुपर्ने यस समयमा पर्यटकको उचित बसाई  र स्वास्थ्य प्रोटोकलमा विशेष ध्यान दिइएको छ कि छैन भन्ने कुरामा पनि हामीले ध्यान दिएका छौँ , शाहले भने। 

नेपाल यात्रा एकदमै सुरक्षित र भरपर्दो रहेकोले पर्यटकहरुले ढुक्कका साथ नेपाल भ्रमणमा आउन सक्ने समेत शाहले पर्यटन बजारलाई  बताए।  पर्यटकका , पासपोर्ट  हराउने ,समान हराउने , ठगीका समस्या लगायत सम्पूर्ण समस्यामा आफूहरूले समन्वय गरी समाधान गर्न तत्पर रहँदै आएको समेत जानकारी गराए । 

हाल सगरमाथा आरोहणका लागि मात्र बहराइन राजकुमार , कतारी राजकुमारकी  बहिनी , अमेरिकी गायक लगायतको धेरै  टिमले  यात्रा गरिरहेका छन् ।  

कोरोना सङ्क्रमणको दोस्रो लहरको सन्त्रास फैलिरहँदा नेपालको पर्वतारोहणले भने नयाँ इतिहास रचेको छ । सङ्क्रमणकै अवस्थाबिच वसन्तयाममा विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि अनुमति लिनेको सङ्ख्या अहिलेसम्मकै सबैभन्दा बढी हुन पुगेको छ ।

आरोहण अनुमति उपलब्ध गराउने पर्यटन विभागका अनुसार शुक्रबारसम्म ३९४ जनाले यस्तो अनुमति लिएका छन् । यो अहिलेसम्मकै सबैभन्दा बढी हो । यसअघि सन् २०१९ मा ३८२ जनाले सगरमाथा आरोहणका लागि अनुमति पाएका थिए ।

Facebook Comment

छुटाउनुभयो कि?