दोलखाको भीमेश्वर मन्दिरको शिलामा ‘पसिना’, क्षमा पूजाको तयारी

पर्यटन बजार२५ बैशाख २०७८, शनिबार मा प्रकाशित

दोलखाको भीमेश्वर मन्दिरको शिलामा ‘पसिना’, क्षमा पूजाको तयारी

वैशाख २५, दोलखा । दोलखाको भीमेश्वर मन्दिरको शिलामा ‘पसिना’ आएको छ । शनिबार दिउँसो १ बजेतिर शिलामा ‘पसिना’ आएको मन्दिर व्यवस्थापन समितिका एक अधिकारीले जानकारी दिए । 

मन्दिरमा पसिना आएको भन्दै मन्दिर व्यवस्थापनले स्थानीय प्रशासनलाई जानकारी गराएपछि सीडीओसहित जिल्ला सुरक्षा समितिका सबै अधिकारी मन्दिरमा पुगेका छन् । मन्दिरमा अहिले क्षमा पूजाको तयारी भइरहेको एक प्रहरी अधिकारीले बताए । 

पछिल्लो पटक गत मंसिरमा पनि भीमेश्वर मन्दिरको शिलामा पसिना आएको भन्दै स्थानीय प्रशासन ले विज्ञप्ति नै जारी गरेको थियो । 

शिलामा पसिना आएसँगै प्रचलित परम्पराअनुसार मन्दिरका पुजारी तथा गुठियारहरुले पूजा पाठ गर्ने प्रचलन रहेको छ । शिलाबाट पसिना आउँदा अनिष्ट हुने जनविश्वास रहिआएको छ ।

Facebook Comment

छुटाउनुभयो कि?