आधुनिक सुविधा सँगै परम्पराको संरक्षण: द कल्चर रिसोर्ट

पर्यटन बजार२५ बैशाख २०७८, शनिबार मा प्रकाशित

आधुनिक सुविधा सँगै परम्पराको संरक्षण: द कल्चर रिसोर्ट

वैशाख २५, पोखरा। पोखरा यसैपनि संस्कार र संस्कृतिले भरिपूर्ण छ । अचेल पूरानो संस्कार झल्किने क्षेत्रमा लगानी पनि निकै बढीरहेको छ । अरु भन्दा छुट्टै डिजाईन र विशेष सुविधा थपेर ग्राहकहरु भुलाउने प्रयास पर्यटन ब्यवसायीहरुले गरिरहेका छन् ।

नेपालको संस्कृतिलाई अग्रतामा राख्दै संचालनमा आएको नर्थ लेकसाइड सेदीमा अवस्थित “द कल्चर रिसोर्ट” मा लगानी बढे संगै सुबिधा थप गर्ने कार्य अघि बढेको छ । कोभिडको विषम परिस्थिति बिच पनि नेपालकै पहिलो अनलाइन ट्राभल एग्रिगेटर एक्ससेलट्रिप नेपालको ग्रुपले २५ करोडको लगानी थप गरेपछि हाल यहाँ स्विमिङ्ग पुलको निर्माण कार्य सम्पन्न भएको छ।

लगानी थप सँगै रिसोर्टले इन्फिनिटी स्विमङ पुल, रुफ टप बार, साउना स्टिमसँगै बैठक तथा सेमिनारका लागि हलको निर्माण गर्ने योजना बनेको रिसोर्टका प्रवन्ध निर्देशक प्रकाश कार्कीले जानकारी गराए । थप कोठा सहितको नयाँ भवन बनाउने तयारीमा आफ्नो टिम जुटेको कार्कीले बताए।

उत्तरी फेवातालको सुन्दर दृष्य, आकर्षक र सफा कोठा, मौलिकताले कल्चर रिसोर्ट जाने जो कोहिलाई लोभ्याउँछ।

रिसोर्टले मुनाफा सँगै सामाजिक उत्तरदायित्व सहितको सेवामा आफूलाई उभ्याउने संचालक कार्की बताउँछन् । खानाका परिकारदेखि भेषभुषा र विभिन्न संस्कृति झल्कने सांस्कृतिक कार्यक्रम रिसोर्टमा आउने पाहुनाहरुका लागि मुख्य आकर्षण रहेको छ ।

पोखरामा अन्तराष्ट्रिय बिमानस्थल बने सँगै चीन, भारत लगायत एसियन देशका पर्यटक आकर्षित हुने अनुमान गरिएको छ । त्यसैले यी पर्यटकका लागि नयाँ सुविधाहरु निर्माण गर्ने सहि समय अहिले नै भएको पनि कार्कीले बताए ।

एक्ससलट्रिप नेपालका संस्थापक तथा सिइओ ज्ञानेन्द्र खड्काले सुविधायुक्त होटल र मनोरञ्जन गतिविधिका लागि कल्चर रिसोर्टसँगको सहकार्य नेपालका मुख्य शहरहरुमा पनि बिस्तार हुने बताए ।

खड्का भन्छन् ‘हाम्रा अन्तराष्ट्रिय नेटवर्कहरुले पनि नेपालको पर्यटन प्रवद्र्धनका लागि विश्व स्तरमा पुर्याउन मद्दत गर्नेछन्’।

करिब ३ बर्ष अघि बाट संचालनमा आएको रिसोर्टको उद्घाटन लोकप्रिय कलाकार दीपकराज गिरी, केदार घिमिरे (माग्नेबुढा), जीतु नेपाल (मुन्द्रे) लगायत केही नेताको उपस्थितिमा गरिएको थियो।

Facebook Comment

छुटाउनुभयो कि?