पहिलो नेपाल आइडल टिम जिपलाइन खेल्दै (भिडियो सहित)

पर्यटन बजार२५ बैशाख २०७८, शनिबार मा प्रकाशित

पहिलो नेपाल आइडल टिम जिपलाइन खेल्दै (भिडियो सहित)

वैशाख २५, काठमाडौं। नेपाल आइडल पहिलो सिजनबाट चर्चामा आएका गायकहरुको समूह धुलिखेल पुगेर जिपलाइनमा रमाएको भिडियो सार्वजनिक भएको छ।

नव बिबाहित निशान भट्टराई आफ्नी श्रीमतीसँगै यात्रामा सामेल थिए । उनीहरुले सो जिपलाइन आफ्नो पहिलो एड्भेन्चर यात्रा भएको बताए ।

सागर आले मगर र दिपक ‘भान्जा’ले सुपरम्यान र क्लासिक दुइ फरक जिपलाइनको अनुभव लिएका छन् ।

निशानले पहिले श्रीमतीसंगै टेन्डम (जोडि) जिपलाइन खेले र पछि दुबै जनाले सुपरम्यान जिपलाइन खेलेका छन् ।

धुलिखेल जिपलाइनमा पुगेर उनीहरुले जिपलाइनसँगै विभिन्न रोप कोर्ष खेलेको भिडियोमा देख्न सकिन्छ।


Facebook Comment

छुटाउनुभयो कि?