निषेधाज्ञा थप पछी उपत्यकामा यी नियममा आए परिवर्तन

पर्यटन बजार२८ बैशाख २०७८, मंगलवार मा प्रकाशित

निषेधाज्ञा थप पछी उपत्यकामा यी नियममा आए परिवर्तन

बैशाख २८, काठमाडौं। उपत्यकाका तीन जिल्लामा आगामी जेठ १३ गते मध्यरातसम्म निषेधाज्ञा थप गरिएको छ ।

बैशाख २९ गते मध्यरातदेखि जेठ १३ गते मध्यरातसम्म निषेधाज्ञा थप गरिएको छ । थप गरिएको निषेधाज्ञालाई प्रभावकारी बनाउन कडाइ गर्ने र अनुगमन गर्ने निर्णय प्रशासनहरुले गरेका छन् ।

उनीहरुले अत्यावश्यक कामबाहेक घरबाहिर निस्कनेलाई होल्डिङ सेन्टरमा राख्ने र संक्रामक रोग ऐनअनुसार कार्वाही गर्ने निर्णय पनि गरेका छन् । होटल तथा पार्टी प्यालेसमा विहे तथा व्रतबन्धजस्ता कार्य गर्न रोक लगाइएको छ ।

घर वा आफू बसेको स्थानमै बढीमा १० जना मात्र उपस्थित भएर बिहे गर्न दिने निर्णय प्रशासनले गरेका छन् । विहे वा व्रतबन्ध गर्दा २ वटा सवारी साधन प्रयोग गर्न पाइने र ब्यानरका आधारमा आवतजावत गर्न पाइने निर्णय पनि छ ।

अत्यावश्यक खाद्य सामाग्रीका पसललाई बिहान १० बजेसम्म मात्र खोल्न दिने निर्णय भएको छ ।

Facebook Comment

छुटाउनुभयो कि?