देशभर ९४८३ जनामा कोरोना संक्रमण पुष्टि

पर्यटन बजार२८ बैशाख २०७८, मंगलवार मा प्रकाशित

देशभर ९४८३ जनामा कोरोना संक्रमण पुष्टि

वैशाख २८,काठमाडौं । काठमाडौँ उपत्‍यकामा पछिल्लो २४ घण्टामा ३९२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २७८८ जना, भक्तपुरमा ५३७ जना र ललितपुरमा ६०२ जना कोरोना संक्रमित भेटिएका हुन् ।

पछिल्लो २४ घण्टामा देशभर ९४८३ जनामा कोरोना संक्रमण पुष्टि भएका छन् भने एकै दिन २२५ जनाको  मृत्यु भएको छ ।

Facebook Comment

छुटाउनुभयो कि?