सांसद निरौलाको गाडी कोरोना संक्रमितको सेवामा

पर्यटन बजार२९ बैशाख २०७८, बुधबार मा प्रकाशित

सांसद निरौलाको गाडी कोरोना संक्रमितको सेवामा

वैशाख २९,काठमाडौं । बागमती प्रदेश मुख्य सचेतक  दिपक निरौलाले  चढ्दै आएको गाडी कोरोना संक्रमितको उपचारका लागी प्रयोग गर्न दिएका छन  ।

बुढानिलकण्ठ  नगरपालिकाका गंभिर प्रकृतिका बिरामीलाई अस्पताल जान र आउन समस्या नहोस् भन्ने उद्देश्यका साथ सचेतक निरौलाले  बिरामीलाई अस्पताल पुर्याउनका लागी गाडी प्रदान गरेका हुन ।

“नगरपालिका मा कोरोना संक्रमितको संख्या बढिरहेको र उनीहरुलाई अस्पताल जान समस्य भएको कुरालाई मध्यनजर गर्दै गाडी प्रदान निर्णय गरेको हुँ, सचेतक  निरौलाले भने ।”

बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दव खरेल   प्रमूख प्रशासकीय अधिकृत राजेन्द्र कार्की , स्वस्थ शाखा  प्रमूख कुमार दाहाल लगायतको उपस्थितिमा  गाडी हस्तान्तरण गर्दै निरौलाले निषेधाज्ञा अवधिभर गंभिर प्रकृतिका बिरामीहरुको उपचारका लागी अस्पताल लैजान ल्याउन प्रयोग गरिने बताए ।

सो गाडी आजै देखी बिरामीको उपचारमा प्रयोग गरिएको छ भने यस उदाहरणीय कार्यको लागि नगरपालिकाले धन्यवाद ज्ञापन गरेको छ ।

Facebook Comment

छुटाउनुभयो कि?