सगरमाथा आरोहणमा पुगेका दुई आरोहीको निधन

पर्यटन बजार३० बैशाख २०७८, बिहीबार मा प्रकाशित

सगरमाथा आरोहणमा पुगेका दुई आरोहीको निधन

वैशाख, काठमाडौं । सगरमाथा आरोहणमा पुगेका दुई आरोहीको निधन भएको छ । आधार शिविरबाट पर्यटन बोर्डकी निर्देशक मीरा आचार्यका अनुसार आरोहण पुरा गरि फर्केर साउथ समिटमा बसेका स्वीट्रल्याण्डका आरोही अब्दुल वाहेद वारिचको सोेही स्थानमै मृत्यु भएको छ ।

उनको बसेकै स्थानमा ज्यान गएको छ । उद्दारका लागि शेर्पा सहयोगी पठाउँदा प्रतिकुल मौसमका कारण जान नसकेको आरोहणको व्यवस्थापन गरिरहेको सेभेन समिटलाई उद्धार गर्दै आचार्यले जानकारी दिइन् । आज नै अमेरिकी नागरिक लिउ पुवेईको समेत क्याम्प ४ मा ज्यान गएको छ ।

उनी आरोहणमा जाँदा हिलारी स्टेपमा पुग्दा उनलाई समस्या देखिएको थियो । त्यसपछि चुचुरो नलगी क्याम्प ४ मै फर्काइएको थियो । उनको क्याम्प ४ मा ल्याउँदा बाटोमै ज्यान गएको निर्देशक आचार्यले जानकारी दिइन् ।

सगरमाथामा यो वर्ष १ सय ५० भन्दा आरोहीले सफल आरोहण गरेका छन् । आरोहणका लागि अनुकुल मौसम तत्कालका लागि सकिएको छ । अब २० मे पछि धमाधम थप आरोहण हुने आधार शिविरमा रहेका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए ।

Facebook Comment

छुटाउनुभयो कि?