सगरमाथाको क्याम्प–२ मा मानव कंकाल फेला

पर्यटन बजार३० बैशाख २०७८, बिहीबार मा प्रकाशित

सगरमाथाको क्याम्प–२ मा मानव कंकाल फेला

३० वैशाख, काठमाडौं । सफा हिमाल अभियान २०२१’ अन्तर्गत फोहोर संकलन कार्यमा खटिएका नेपाली सेनासहितको संयुक्त टोलीले सगरमाथाको क्याम्प–२ मा मानव कंकाल फेला पारेको छ ।

संकलित फोहोरलाई बेस क्याम्पमा रि–प्याकिङ गर्ने क्रममा मानव कंकालको दायाँ हात र बायाँ पाखुरा फेला परेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले बिहीबार जनाएको छ ।

वैशाख २८ गते फेला परेको मानव कंकाललाई सोही दिन सगरमाथा बेस क्याम्पबाट हेलिकोप्टरमार्फत लुक्ला पठाएको र आवश्यक प्रक्रियाका लागि लुक्लास्थित इलाका प्रहरी कार्यालयलाई बुझाइएको पनि निर्देशनालयले जनाएको छ । 

Facebook Comment

छुटाउनुभयो कि?