थ्री सिष्टरले आरोहण गरे सफलतापूर्वक सगरमाथा

पर्यटन बजार३१ बैशाख २०७८, शुक्रबार मा प्रकाशित

थ्री सिष्टरले आरोहण गरे सफलतापूर्वक सगरमाथा

वैशाख ३१, काठमाडौं। थ्रि सिष्टर अन सेभेन समिट अभियान’ का टोलीले सफलता पूर्वक सगरमाथाको आरोहण गरेका छन् । एकै घरका तीन दिदीबहिनी ले मे १२ तारिक बिहान ७ बजे सगरमाथाको सफल आरोहण गरेका हुन् ।

गौरीशंकर गाउँपालिका–९ बेदीङका एउटै परिवारका तीन दिदीबहिनी निमा जाङबु शेर्पा (३० वर्ष), छिरिङ नाम्गे शेर्पा (२६ वर्ष) र दावा फुटी शेर्पा (२४ वर्ष) ले सातै महादेशका अग्ला शिखर आरोहण अभियानमा लागेका छन् ।

सगरमाथाकोआरोहण सफल भएसँगै उनीहरूले सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन समेत गरेका छन्।

आरोहण दलका टोली नेता दावा फुुटीले ३ वर्षभित्रमा सातैवटा महादेशको अग्लो शिखर आरोहण गर्ने जनाएको छ ।

सूचना प्रविधिमन्त्री पार्वत गुरुङले हिमाल आरोही टोली थ्री सिस्टर लाई विदाई गर्नुभएको थियो । मन्त्री गुरुङले नेपालको झण्डा हस्तान्तरण गरेर विदाई गर्नुभएको हो ।

Facebook Comment

छुटाउनुभयो कि?