थप ८५२० जनामा कोरोना संक्रमण , २०३ को मृत्यु

पर्यटन बजार३१ बैशाख २०७८, शुक्रबार मा प्रकाशित

थप ८५२० जनामा कोरोना संक्रमण , २०३ को मृत्यु

वैशाख ३१, काठमाडौं। पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २ हजार ३ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १४५८ जना, भक्तपुरमा ३३५ जना र ललितपुरमा ५५६ जना कोरोना संक्रमित भेटिएका छन् ।

बिहीबार देशभर थप ८५२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ घण्टामा २०३ जनाको कोरोना संक्रमणबाट मृत्‍यु भएको छ ।

Facebook Comment

छुटाउनुभयो कि?