आजको राशिफल !

पर्यटन बजार१ जेष्ठ २०७८, शनिबार मा प्रकाशित

आजको राशिफल !

आज २०७८ साल जेठ १ गते शनिबार

आजको राशिफल

मेष

बन्धु बान्धवबाट सहयोग मिल्नेछ । प्रेममा सफलता प्राप्त हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । शुभकार्यको चर्चा चल्नेछ ।

वृष

श्रमको उचित मूल्याङ्कन हुनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । कला र गलाको प्रभाव बढ्नेछ । शुभ समाचार सुन्न पाइएला ।

मिथुन
आज गरेका कार्यमा ढिलासुस्ती हुनेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । प्रेमप्रसङ्गमा समेत नरमाइलोपन आउनेछ ।

कर्कट

आज मनमा अधैर्य र कमजोर रहला । घर परिवारमा झैझमेलाको अवस्था आउनेछ । दिनको उत्तरार्धमा स्वास्थ्य बिग्रन सक्छ ।

सिंह
एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । साँझपख शुभ समाचार आउन सक्छ ।

कन्या

आज कार्य सम्पादनमा सहजता मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । न्यायिक कार्यमा सफलता पनि मिल्नेछ ।

तुला

आज दबाब र तनाव बढेको महसुस हुनेछ । प्रेमी प्रेमिकाका बिच खिन्नता बढ्नेछ । मनमा निराशा र शरीरमा आलस्य पनि आउला ।

वृश्चिक

मन सम्हाल्न आवश्यक हुनेछ । सौन्दर्यतामा धन खर्च हुनेछ । दुष्ट व्यक्तिको सङ्गतले आत्मघाती काम गर्न पुगिएला सचेत रहनु पर्नेछ ।

धनु
आफन्तको प्रगतिमा मन रमाउनेछ । विद्या र बुद्धिको विकास हुनेछ । व्यावसायिक कामले गति लिने र राम्रो फड्को मार्न सकिनेछ ।

मकर
आज इनाम र प्रतिष्ठा कमाउने बेला छ । परिवारमा सुख सन्तोष छाउनेछ । समस्या आइलागे पनि काममा सफलता हात पर्नेछ ।

कुम्भ
आज जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सौन्दर्यतामा धन खर्च हुनेछ । सरकारी निकायको भय रहला ।

मीन
राज्यबाट मान सम्मान पाइनेछ । कुटुम्बको सहयोग मिल्नेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । घरमा अतिथिको आगमन हुनेछ ।
– ज्यो.प. नानी राम भट्टराई

Facebook Comment

छुटाउनुभयो कि?