पाइलट सोवित गौचनले सगरमाथा आरोहण गरेसँगै पहिलो नेपाली पाइलटको रुपमा किर्तिमानी राखे

पर्यटन बजार२ जेष्ठ २०७८, आईतवार मा प्रकाशित

पाइलट सोवित  गौचनले सगरमाथा आरोहण गरेसँगै पहिलो नेपाली पाइलटको रुपमा किर्तिमानी राखे

जेठ २,काठमाडौं । पाइलट सोवित गौचनले सगरमाथा आरोहण गरेका छन् । गौचनले बिहिबार सगरमाथाको चुचुरोमा पाइला टेकेका हुन् ।

गौचनले सगरमाथा आरोहण गरेसँगै पहिलो नेपाली पाइलटको रुपमा किर्तिमानी कायम गरेको छ ।

बेनी नगरपालिका ८ शिक्षामार्ग, म्याग्दी घर भएका उनी करिव एक दशकदेखि नेपाली आकाशमा उडान गरिरहेका छन् । उनले एयर डाइनेस्टीका क्याप्टेन, अल्टिच्युट एयरका अपरेशन डाइरेक्ट सम्हालि सकेका छन् । अहिले गौचन हेली एभरेष्टका अपरेशन डाइरेक्टरको रुपमा कार्यरत छन ।

Facebook Comment

छुटाउनुभयो कि?