चर्को घाममा कोरोनाको खोप भेरोलेस लगाउनेको लाइन

पर्यटन बजार२ जेष्ठ २०७८, आईतवार मा प्रकाशित

चर्को घाममा कोरोनाको खोप भेरोलेस लगाउनेको लाइन

जेठ २, काठमाडौं। चीनमा विकास भएको कोरोना भाइरसविरुद्धको खोप भेरोलेस आइतबारदेखि काठमाडौं जिल्लामा लगाउन थालिएको छ ।

जेठ ११ गतेसम्म चल्ने खोप अभियानमा चैत २५ गतेदेखि वैशाख १५ गतेसम्म पहिलो डोज खोप लगाएकाहरू सहभागी हुन सक्ने वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

आइतबार काठमाडौं महानगरपालिकाको ३३ वटै वडामा खोप लगाइएको छ । वडाभित्रको तोकिएको ठाउँमा कार्ड देखाएर खोप लगाउन सकिने मन्त्रालयले जनाएको छ ।

काठमाडौंको मध्य वानेश्वरमा चिनियाँ खोप लगाउनेहरुको लामो लाइन देखिएको छ । यहाँको एक पार्टी प्यालेसमा खोप केन्द्र तोकिएको छ र मानिसहरु खोप केन्द्रबाहिर लामो लाइनमा छन् ।

काठमाडौंमा निषेधाज्ञा र चर्को घाम भए पनि मानिसहरु खोप लगाउन लाइन बसिरहेका छन् । लाइनमा बस्नेहरुले मास्क लगाएका छन् । एक अर्काबीच लामो दूरी कायम गरेका छन् ।

Facebook Comment

छुटाउनुभयो कि?